एउटै जिल्लाबाट नौ बोरा चिट बरामत

आज देखी देशैभर सुरुवात भएको एसइइको परीक्षाको पहिलो दिन महोत्तरी जिल्लाबाट मात्र नौ बोरा चिट बरामत भएको छ । कक्षा १० को माध्यमिक शिक्षा परीक्षाको पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा चलिरहँदा महोत्तरीका विभिन्न परीक्षा केन्द्रबाट नौ बोरा चिट बरामद भएको जनाइएको छ ।

परीक्षा दिनका लागि जिल्लाको विभिन्न २८ वटा परीक्षा केन्द्रमा प्रवेश गर्न लागेका विद्यार्थीलाई मूल गेटमा चेक जाँच गर्दा नौ बोरा चिट बरामद भएको छ ।

परीक्षा केन्द्रको मूल गेटमा खटिएका प्रहरी र शिक्षक टोलीले गरेको संयुक्त चेक जाँचमा विद्यार्थीबाट नौ बोरा गाइड, पुस्तक तथा फ्लेप बरामद भएको जिल्ला शिक्षा कार्यालय महोत्तरीले जनाएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice