शहिद गौतमको दोदा नदीमा अन्त्येष्टि हुँदा देउवा महन्थ ठाकुरसँग सरकारको भीख माग्दै थिए

शहिद गोविन्द गौतमको अन्त्येष्टिमा सरकारका मन्त्री र ठुला दलका नेता पुगेनन्

काठमाडौं । भारतीय सीमा सुरक्षा बल एसएसवीद्धारा हत्या गरिएका गोविन्द गौतमको आइतबार राष्टिय सम्मानका साथ अन्त्येष्टि गरियो । तर अन्त्येष्टिमा सरकारका कुनै पनि मन्त्री उपस्थित भएनन् । सत्ता साझेदार दल र प्रतिपक्ष दलका न त ठुला नेता अन्त्येष्टिमा पुगे, नत सरकारका कुनै मन्त्री नै पुगे ।

सीमाको सुरक्षा गर्न भारतीय पक्षसँग प्रतिवाद गर्दा ज्यान गुमाएका गौतमलाई चौतफी दवावपछि सरकारले शहिद घोषणा गरयो । तर उनको अन्त्येष्टिलाई सरकारले पूर्णतय बहिष्कार नै गरयो । शहिद घोषणा गरेपछि राष्टिय झण्डा ओडाउन भएपनि सरकारका मन्त्री कञ्चनपुर पुग्नु पर्दथ्यो । तरपनि मन्त्रीहरु अन्त्येष्टिमा जाने आँट गरेनन् ।

कञ्चनपु्रको दोदा नदी किनारमा ७२ बर्षीय पिता खेमलाल गौतमले दागबत्ति दिँदा लाखौको संख्यामा उपस्थित भएका नागरिकले भारतबिरोधी नारा लगाइरहेका थिए । अन्त्येष्टिमा भारत विरोधी नारा लाग्ने र त्यसको दोषी सरकारमाथी जाने अनुमान गर्दै सरकारका कुनैपनि मन्त्रीहरु उपस्थित भएनन् । भारत चिडिने आशंकामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि अन्त्येष्टिमा नपुगेको स्थानीयले आरोप लगाएका छन् ।

त्यसैगरी ठुला दलका ठुला नेताहरु पनि अन्त्येष्टिमा पुगेनन् । शहिद गौतमको अन्त्येष्टिमा हजारौ नागरिक सहभागि भएका बेला त्यस क्षेत्रका ठुला नेता तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आफ्नै निवासमा सरकार बचाउने खेलमा जुटेका थिए । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग सरकारलाई दिएको समर्थन फिर्ता नलिने आग्रह गरिरहेका थिए । उनी प्रचण्ड सरकारको भीख मागिरहेका थिए । त्यसैगरी प्रमुख सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेताहरु पनि अन्त्येष्टिमा पुगेनन् । सामान्य बिज्ञप्ती निकालेर आफ्नो जिम्मेवारीबाट पंछिने काम गरेको पुर्नवासका नागरिकले आरोप लगाएका छन् ।

ठुला दलका नेता र सरकारका मन्त्रीहरु अन्त्येष्टिमा नपुगेपछि पुर्नवासका नागरिकहरुले सरकारबिरुद्ध नारावाजी पनि गरेका थिए । उनीहरुले सत्तामा बस्ने पार्टी र तीनका नेताहरुसँग एक एक बदला लिने घोषणा समेत दोहा नदीको किनारमा गरे ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice