चितवनमा एमालेको विशाल शक्ति प्रर्दशन, १६ किलोमिटर सडक ढाक्यो अभियानले

काठमाडौं । मेची महाकाली अभियानमा एमालेले शनिवार चितवनमा शक्ति प्रर्दशन गरेको छ । हेटौडाबाट सुरु भएको दोस्रो मेची महाकाली अभियानको दोस्रो दिन एमालेले करिव ४० हजार नागरिक सडकमा उतारेको छ ।
चितवनको १५ किलोमिटर सडकमा एमाले नेता कार्यकर्ता भरिएका छन् । निरन्तर पानी परिरहेको भएपनि ४० हजारभन्दा बढि नागरिक अभियानमा सहभागि भएको एमाले प्रचार विभागका सचिव बिष्णु रिजालले बताए ।
नारायण नदीको किनारामा हजारौ नागरिक जम्मा भएपछि एमाले कावासोतीतर्फ लागेको छ । अभियानको नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओली, बरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल लगाएतका नेताहरुले गरिरहेका छन् ।
मेचि महाकाली अभियान अन्र्तगत राजविराजमा मधेसी मोर्चाका कार्यकर्ताले आक्रमण गरेपछि एमालेले तीन दिनका लागि अभियान स्थगित गरेको थियो । आफ्नो अभियानलाई निरन्तता दिँदै एमाले शनिवार चितवन पुगेको छ । चितवन हुँदै एमाले महाकाली पूग्ने तयारीमा छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice