केन्यालाई २९ ओभरमा नेपालको १०४ रनको लक्ष्य

काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल र केन्याबीचको खेल बर्षाका कारण फेरवदल भएको छ । ३६ ओभरमा नेपालले ८ विकेटको क्षेतिमा ११२ रन बनाएको थियो । ३८ ओभरको खेलमा नेपालले ३६ ओभर खेलेपछि बर्षाका कारण खेल रोकिएको थियो । खेल रोकिएपछि फेरी निर्धारित ओभर घटाइएको छ । २९ ओभरमा केन्याले अव १०४ बनाउनु पर्ने भएको छ ।

नेपाललाई जित्न केन्यालाई १०४ रन बनाउनु पर्ने भएको छ । टस हारेर पहिले ब्याटिडको निम्तो पाएको नेपाल दोस्रो पारीका लागि फिल्डिडमा उत्रेको छ । नेपालका लागि कुनै पनि ब्याट्म्यानले ठुलो साझेदारी गर्न सकेनन् । खेलको अन्तिमतिर आएका शक्ति गौचन र सोमपाल कामीले केही रन बटुलेर नेपाललाई ११२ रनमा पुराएका थिए । खेल अवधिभर नेपालले एउटा पनि छक्का प्रहार गर्न सकेन भने ८ चौका प्रहार गरेको थियो ।

नेपालका तर्फबाट प्रारम्भीक ब्याट्सम्यानहरुले सन्तोषजनक रन बटु्ल्न सकेनन् । प्रारम्भीक ब्याट्सम्यान सुनिल धमला ३ रन बनाएर आउट भए भने कप्तानी समालिरहेका ज्ञानेन्द मल्ल २७ रनमा आउट भएकान थिए । त्यसैगरी सागर पुन १०, र शरद भेषवाकर ३ रन बनाए भने बिनोद भण्डारी ४ रन, मेहेबुब आमल २ रन र बसन्त रेग्मी ६ रनमा समेटिए । ज्ञानेन्द्र मल्ल बाहेक अरु राम्रोसँग जम्न नसकेका बेला शक्ति र सोमपालले पारीको समालेका थिए । शक्ति र सोमपाले ३० रनको साझेदारी गरेका थिए ।

नेपाली खेलाडीलाई हौसला दिन हजारौ दर्शक किर्तिपुर मैदान पुगेका थिए ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice