प्रधानमन्त्रीले भारतीय राजदुतसँग कञ्चनपुर घटनाको स्पष्टिकरण मागे

काठमाडौं । कञ्चनपुरमा भारतीय सीमा सुरुक्षा बलको गोलीबाट नेपालीको हत्या भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय राजदुतसँग गोली चलाउनुको कारण मागेका छन् । प्रमुखप्रतिपक्ष दल एमाले लगाएतका अन्य दलले कञ्चनपुर हत्याकाण्डको चर्काे बिरोध गरेपछि प्रधानमन्त्री दाहालले भारतीय पक्षसँग जवाफ मागेका हुन् ।

विहीवार साँझ प्रधानमन्त्री दाहालले भारतीय दूतावासलाई सीमा सुरक्षा बल नेपाली भूमिमा प्रवेश गर्नु र गोली चलाउनुको कारण मागेका छन् । त्यसैगरी गृहमन्त्रालयले पनि विहीबार साँझ बिज्ञप्ती निकाली नेपाली भूमिमा प्रवेश गर्नु अपराध भएको बताएको छ । सामान्य औपचारिकता निभाएपनि सरकारले गोविन्द्र गौतमको हत्यालाई अस्वभाविकरुपमा लिएको देखिदैन ।

एमाले, मजदुर किशान पार्टी, जनमोर्चा र विप्लप माओवादीले भारतीय सीमा सुरक्षा बलको हर्कतप्रति कडा आपत्ति जनाएका छन् भने गौतम हत्याको कारण दिन सरकारसँग माग गरेका छन् ।

One thought on “प्रधानमन्त्रीले भारतीय राजदुतसँग कञ्चनपुर घटनाको स्पष्टिकरण मागे
  1. समय समयमा भारतिय सिमा सुरक्षा बल ssb काे अराजक गतिबिधि लाई गम्बिरताका साथ नलिनुकै उपज हाे ।याे घटना र नेपाल माथिकाे नांगाे हस्तक्षप पनि हाे।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice