नेपाल सरकारका पर्यटनमन्त्री अमेरिकी नागरिक !

काठमाडौं । मधेसी मोर्चाले समर्थन फिर्ता लिन सात दिने अल्टिमेटिम दिइरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राप्रपालाई तीन मन्त्रालय दिएर सरकारमा भित्राएका छन् । गणितियरुपमा सरकारलाई बजबुत बनाउन दाहाल र नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवाले आफ्ना मन्त्रीलाई अन्य मन्त्राययमा सारेर पनि राप्रपालाई मालदार मन्त्रालय हस्तान्तरण गरेका छन् । तर राप्रपाबाट पर्यटन तथा नागरिक उड्यनमन्त्री बनेका दिलानाथ गिरी भने नेपाली नागरिकता त्यागेका ब्यक्ति हुन् ।

अमेरिकी ग्रिनकार्ड होल्डर गिरी नेपाल सरकारको मन्त्री बनेका छन् । संखुवासभामा जन्मिएका गिरी लामो समय अमेरिका बसेका थिए । उनका सवै परिवार पनि अमेरिकाकै ग्रिन कार्ड होल्डर हुन् । अमेरिकामा लामो समय बसेर नेपाली नागरिकता त्यागेका गिरी नेपालमा फर्केर राजनीतिमा सक्रिय भएका थिए । २०७० सालमा भएको संविधानसभा निर्वाचनपछि राप्रपा नेपालबाट उनी समानुपातिक सांसद बनेका थिए । समानुपातिक सांसद बन्दा पनि उनले अमेरिकी ग्रिनकार्ड छोडेनन् ।

राप्रपा अध्यक्ष कमल थापा दाहाल नेतृत्वको सरकारमा उपप्रधानसहित स्थानीय विकासमन्त्री बनेका छन् । थापासँगै अमेरिकी ग्रिनकार्ड होल्डर गिरीले पनि मन्त्रीको सपथ लिएका छन् । अमेरिकी नागरिक नेपाल सरकारको मन्त्री बनेपछि गिरीको सामाजिक सञ्जालमा चर्काे विरोध भइरहेको छ । गिरी राप्रपा अध्यक्ष कलम थापाका निकै विश्वास पात्र हुन् । समय समयमा अमेरिका पुगेर ग्रिनकार्ड नविकरण गर्दै आएका गिरीले पर्यटन तथा नागरिक उड्यनमन्त्रीको जिम्मेवारी पाएका छन् ।

ग्रिनकार्ड भएका कर्मचारीले सरकारी जागिरबाट निकालिएका छन् । तर राज्य संचालनको जिम्मेवारी पाएका गिरी भने अझै ग्रिनकार्ड होल्डर रहेका छन् । दाहाल नेतृत्वको सरकारमा सुचना तथा सञ्चारमन्त्री बनेका राम कार्की पनि भारतीय राशन कार्ड होल्डर हुन् ।

18 Comments
  1. ग्रीन कार्ड भनेको एक प्रकारको मिसा हो, अमेरिकी नागरिकता होइन। अरू देशको भिसा लिँदैमा नेपालमा राजनीति गर्न नपाउने भन्ने हुदैन। हो, नेपाली नागरिकता त्यागेर अमेरिकाको वा अरू देशको नागरिकता लिएको अवस्थामा नेपालमा राजनीतिक अधिकार पाइदैन। कति देशले त दुई देशको नागरिकतालाई पनि मान्यता दिएका छन, नेपालले छैन। अरू देशको लामो भिसा हुदैमा कसैको राजनैतिक हक गुम्दैन । नेपालको नयाँ संविधान ले अरू देशको नागरिकता लिएकालाइ राजनीति गर्ने हक वाहेक लागानी र वसोवासको अधिकार दिएको छ।

    1. ग्रिनकार्ड भनेकाे स्थायी अावाशिय अनुमति हाे, यसलाई लामाे भिसा भन्नू झुठकाे खेति नै हाे ।

    2. I think you have Indian citizen documents besides Nepalese citizenship…….so it is worth worshiping people of yours kind………..But in my opinion should be hanged to death whether the person is green card holder or indian citizenship holder…..

    3. Let’s start with the narrow meanings. A visa gives you the right to present yourself at the border or port of entry and seek entry to the United States. (Ultimately, the U.S. Customs and Border Protection officer at the border or airport makes the final decision whether to allow you into the country. Nonetheless, having the visa is normally a good sign that you’ll be allowed to enter.)
      Physically, a visa usually appears as a stamp in your passport. When you receive instructions to go to a U.S. consulate to pick up your visa, it means that you will be getting this stamp or an equivalent document that allows you to enter the United States.
      “Green card” is a slang term. In the narrowest usage, it is the plastic photo identification card that you receive when you become a U.S. lawful permanent resident.
      Now, for the broader meanings. The word visa may also be used in situations involving immigrants who are already in the United States and won’t need an entry visa. That is partly because someone in the deep dark offices of the U.S. State Department may have to allocate a visa number to these immigrants, though the immigrants may never even know it. When you read discussions about your “visa eligibility” or “visa availability,” they are not referring to the actual visa that you pick up overseas, but to the broader, theoretical visa that the State Department will allocate to you.
      The term green card also takes on broader meanings at times. It is often used to refer to lawful permanent residence or lawful conditional residence. When you see the term “green card application,” it is actually referring to one of the application processes (adjustment of status or consular processing) that could lead to obtaining U.S. residence.

  2. Abadhi nakholeko laamo visa bhaneko, visa matra le tyo adhikaar paudaina green card holder tyo adhikaar a pauxa jun nagarik le paune jastai.

  3. ग्रीन कार्ड भनेको एक प्रकारको मिसा हो, अमेरिकी नागरिकता होइन। अरू देशको भिसा लिँदैमा नेपालमा राजनीति गर्न नपाउने भन्ने हुदैन।

  4. याे दृशमा ऐन सानालाई मात्र लागु हुन्छ ठुलालाई हैन।(सानालाई ऐन ठुलालाई चैन भनेकाे यैहाे)

  5. yehi kukurharu ko mantri parisad bistaar je payo taysai laai mantri banaidiyo. tyo green cardwala hos ya bhartiya rasan cardwala ram karkee

  6. दिलनाथ गिरी नेपाली नागरिक मात्र हुन। उनी संखुवासभा को आँखीभुइँ गाबिसका वासिन्दा हुन बिराटनगर ५ मा घर छ। राजनीतिक प्राणी हुन । बिरोधि छन् बिरोध गर्छन । उमेर पुगेका छोरा अमेरिका, जापान , अष्ट्रेलिया , क्यानडा बस्छन भने दोषी उनी हुन्नन ।
    पदमा बसेर इमान्दारी साथ काम गरून्। अंगिकृत नागरिकले राष्ट्रपति , प्रधानमन्त्री पाउने संबिधान रोक्नुपर्छ। अनि अरु कुरा ।।।

  7. पद नपाउद अमेरिका पद पाउदा मन्त्री कस्ताे देश नेपाल ,
    नेपाल बस्न नसक्ने भएर खैरेकाेमा जाने ,खर्च सकियाे नेता बनेर नेपाल अाउनु भन्दा उतै ग्यास स्टेसन तिर काम गरे हुन्थाे हाेला नि कमार्इ।

  8. ग्रीनकार्ड भनेको भिसा हैन, एऊटै भएको भए भिसा लिएर अमेरिका गएका कैयौं व्यक्ति १०/१२ बर्ष बित्दा पनि किन ग्रीनकार्ड पाऊन सकिरहेका छैनन् त ? बेवकुफ बनाऊने पनि सीमा हुन्छ नि ।

  9. yo dubai jana lai tudekhel ma rakhera fasi dinu arx sable. yadi yo kam sarkha le gardhai na bhani hijo jo karmachari haru jagira bhata nikalinu pareko thiyo uni haru le nai gharxn?

  10. ग्रीन कार्ड होल्डर नेपालको मन्त्री हुने,भारतीय रासन कार्ड होल्डर नेपालको मन्त्री हुने,अंगीकृत नेपाली नेपालको उच्च पदमा नियुक्त हुन पाउनु पर्छ भनी संबिधान संशोधन अघि बढाइने,नेपाली नागरिकता धारी भारतीय पक्षको वकालत गर्ने।अनि कसरी राष्ट्रियताको जगेर्ना हुन्छ?

  11. Green card also refers to an immigration process of becoming a permanent resident. The green card serves as proof that its holder, a lawful permanent resident (LPR), has been officially granted immigration benefits, including permission to reside and take employment in the United States.

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice