जाजरकोट बस दुर्घटनामा मृत्यु हुनेको संख्या २६ पुग्यो, २८ गम्भिर घाइते

काठमाडौं । जाजरकोटमा भएको बस दुर्घटना परी मृत्यु हुनेको संख्या २६ पुगेको छ । विहीबार जाजरकोट खलंगाबाट पश्चिम क्षेत्र खारा गइरहेको यात्रृबहाक बस भीरबा खस्दा २६ जनाले ज्यान गुमाएका छन् भने ३६ जना घाइते भएका छन् । भेरीगंगा यातायात ब्यवसायी समितिको ना ३ ख २२७९ नम्वरको बस भेरीमालिका–४, बोहोरा गाउँको मोडबाट पासागाड खोलामा खसेको थियो ।

दुर्घटनामा परी ४ का रामबहादुर बस्नेत, भेरीमालिका ४, बोहरागाउँका नवीन चन्द, गणेश बोहरा, ११ का गोपाल सुनार, शर्मिला सुनार, १० का सन्तोष राना, १२ का बहादुर भण्डारी, ३ का सन्त सुनार, १३ हिउसा गिरी, साल्मा ५ का नन्दलाल जैसी, सीमा ९ का मदन पुन, मजकोट ७ का दले तिरुवा, दशेरा २ का मनीराम जैसी, १ का दिलबहादुर बुढा, चौरीजहारी ४, रुकुमका कृष्ण गिरी, सुईकोट सल्यानका उदय बुढाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५ महिला र अन्य पुरुष रहेका छन् । \

दुर्घटनामा परी २८ जना गम्भिर घाइते भएका छन् । घाइतेहरुलाई ढिलो गरी भएपनि सेनाको हेलिकप्टरबाट नेपालगन्ज लगिएको छ । जाजरकोटमा २०७० सालमा पनि निकै ठुलो सडक दुर्घटना भएको थियो । यात्रृबहाक बस भेरी नदिमा खस्दा ५४ जनाले ज्यान गुमाएका थिए ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice