सेकेण्ड म्यानको सक्रियतापछि रातारात यसरी पलायो ‘अग्राख’

सप्तरी घटनालगतै सरकारलाई दिएको समर्थन फिर्ता लिने जनाएका मधेसी नेताहरु आफ्नो निर्णयबाट किन व्याक हटे ? कारण भने,रोचक छ । राष्ट्रहित भन्दा विदेशीको इशारामा नाच्ने मधेसी मोर्चाका शीर्षस्थ नेताहरु उक्त निर्णयबाट व्याक हुनुको एउटै कारण थियो निमित्त भारतीय राजदूत विनय कुमार ।
विनयकै दबाबमा मधेसी मोर्चाले सरकारबाट समर्थन फिर्ता लिन नसकेको रहस्य खुलासा भएको छ । मंगलबार साँझ हतारहतारमा बसेको बैठकले सरकारबाट समर्थन फिर्ता लिने निर्णय गरेको थियो । तर, एकैछिनमा त्यो निर्णय फेर्दै अर्काे विज्ञप्ति जारी गरियो । सरकारबाट समर्थन फिर्ता लिने निर्णय एकाएक ‘गायव’ भयो ।
यसरी मधेशी मोर्चाको निर्णयमा केही मिनेटमै गायब भयो । यसरी मोर्चा व्याक हुनुको कारण थियो,भारतीय दूतावासबाट निमित्त राजदूत विनय कुमारले फोन गरी तत्काल निर्णय सच्चाउन दबाब ।यस लगतै सरकारबाट हटने निर्णय गरेको मोर्चाले शर्त राख्दै एकहप्ताको अल्टिमेटम दिन भ्याए ।

अब मोर्चाले नयाँ बार्गेनिक गर्ने टुल्सको रुपमा प्रधानमन्त्री प्रचण्डलाई सात दिनभित्र संविधान संशोधन गर्नुपर्ने र निर्वाचन स्थगित गर्नुपर्ने शर्त अगाडि तेर्सायो ।
मधेसी एक शीर्षस्थ नेताका अनुसार,भारतीय दूतावासले भने अनुसार गर्ने कि नगर्ने भन्नेमा पनि मोर्चाभित्र नै चर्को विवाद देखियो । संघीय समाजवादीका अध्यक्ष उपेन्द्र यादव भारतीय प्रस्तावको विपक्षमा उभिएका थिए । यादवले असहमति जनाएपछि मोर्चाका प्रभावशाली नेता महन्थ ठाकुरको दबाबमा सरकारलाई देखावटी रुपमा ७ दिनको अन्टिमेटम दिइएको स्रोतको दाबी छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice