हुल बाँधेर बालुवाटार पुगेका मोर्चाले प्रधानमन्त्रीसँग यी कुरामा गर्र्यो ‘बार्गेनिङ’

सांसदको पदबाट राजीनामा दिन पनि नसक्ने धम्काउने र बार्गेनिङ गरी सदैव राजनीति गर्न पल्किएका मधेसी नेताहरु वालुवाटार पुगी प्रधानमन्त्री प्रचण्डसँग सौदाबाजी गरेका छन ।
नेकपा एमालेले सुरु गरेको मेची महाकाली अभियानलाई बिथोल्न अनेक रणनीति अपनाएको मधेसी मोर्चाले सोही अभियानको क्रममा चार निर्दाेष नेपालीको प्राण पखेरु उडेसँगै मोर्चा र सरकारबीचको दुरी टाढिएको छ ।
उक्त घटनालगतै सरकार छाड्ने अभिव्यक्ति दिँदै आएको मधेसी मोर्चाले प्रधानमन्त्री प्रचण्डसँग बार्गेनिङ गर्ने अर्काे बाहनाबाजी भेट्टाएका छन ।
उनीहरुले प्रधानमन्त्रीलाई सात दिने अल्टिमेटम दिएका छन । नभए स्वतः समर्थन फिर्ता हुने धम्की दिएका छन ।
त्यहाँ सहभागी मोर्चाका नेताका अनुसार,प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मोर्चाका नेताहरु आन्दोलनमा जान हतार नगर्न आग्रह गरेका छन् । प्रधानमन्त्रीले समस्या समाधान तर्फ लाग्नुपर्ने भन्दै आन्दोलनले समस्या समाधान नहुने बताए ।
प्रधानमन्त्रीलाई उधृत गदै मोर्चाका नेता राजकिशोर यादवले भने, ‘तपाईहरुको माग सम्बोधन गर्न हामी सकारात्मक छौं, आन्दोलनमा जान हतारो नगरौं ।’
पाँच बुँदे माग राख्दै प्रधानमन्त्री प्रचण्डसमक्ष ज्ञापन पत्र बुझाउन गएका मधेसी मोर्चाका नेताले प्रधानमन्त्रीले सो आश्वासन दिएका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा मोर्चाका सबै शीर्ष नेताहरु सहभागी थिए । उनीहरुले संविधान संशोधन विधेयक परिर्माजनसहित पास गर्नु पर्ने, स्थानीय चुनाव स्थगित गरी प्रदेश र केन्द्रको निर्वाचन पहिले गर्नु पर्ने मा राखेका छन् ।
यस्तै राजविराज घटनामा मारिएकालाई शहिद घोषणा गर्नु पर्नेर घाइतेको उपचार गरिनु पर्ने र घटनाको सत्यतथ्य पत्ता लगाइ दोषीलाई कारबाही गर्न छानबिन आयोग गठनको समेत माग गरेको नेता यादवले एसकाठमाडौंसँग बताए ।

 भेटमा प्रधानमन्त्री प्रचण्डले कांग्रेस र माओवादीले छलफल गरेर पुनः छलफलमा बस्ने जवाफ दिएका छन् ।बैठकमा प्रचण्डसँगै कांग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री विमलेन्द्र नीधि, कृष्णप्रसाद सिटौला ,नारायणकाजी श्रेष्ठ, मातृका यादव, रामबहादुर थापा लगायत नेताहरु सहभागी भएका थिए

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice