३३ किलो सुन तस्किरका पाँच नाइकेबिरुद्ध रेड कर्नर नोटिस जारी

काठमाडौं । साढे ३३ किलो सुन काण्डका नाइकेहरुलाई पक्राउ गर्न नेपाल प्रहरीले रेडकर्नर नोटिस जारि गरेको छ । त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलबाट बाहिरिएको ३३ किलो सुन तस्करीका नाइकेहरुलाई पक्राउ गर्न प्रहरीले रेडकर्नर नोटिस जारी गरेको हो ।
आइतबार सिआइबीले पत्रकार सम्मेलन गरी सुन तस्करका मुख्य नाइके हरिशरण खड्का, रोशन गुप्तलाल भुसाल, रञ्जन पन्त, राजनप्रसाद पन्त र अर्जुनप्रसाद खरेलबिरुद्ध रेडकर्नर नोटिस जारी गरेको छ ।
इन्टरपोल मार्फत उनीहरुलाई विश्वभर खोजि गर्न र पक्राउ गर्नका लागि प्रहरीले रेडकर्नर नोटिस जारी गरेको हो । ‘उनीहरु सवै दुबईमा बसेको हामीलाई जानकारी छ’ सिआइबीका डिआइजी नवराज सिलवालले भने ‘अब इन्टरपोल मार्फत उनीहरुको खोजी गछौ ।’
सिआईवीले सुन तस्करमा संलग्न रहेका १२ जनाको नाम पनि सार्वजजिनक गरेको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice