माओवादी युद्धमा एमाले उपाध्यक्ष भीम रावलको बिद्यावारिधी !

काठमाडौं । माओवादीले सशस्त्र युद्ध सुरु गरेदेखि नै कटु आलोचक बन्दै आएका नेकपा एमालेका उपाध्यक्ष भीम रावलले त्यही माओवादी युद्धलाई अध्ययनको बिषयबस्तु बनाएर बिद्यावारिधी गर्न लागेका छन् ।

२०५२ सालमा माओवादीले जनयुद्ध नामको सशस्त्र युद्ध थाल्दा एमाले उपाध्यक्ष रावल कटु आलोचक थिए । शान्तिकालमा पनि माओवादीप्रति रावतल आक्रामक नै छन् । तर उनले बिद्यावारिधी गर्ने बिषय माओवादी युद्धलाई नै रोजेका छन् । ‘माओवादी युद्धको उदेश्य, त्यसले नेपाली समाजमा पारेको प्रभाव र अन्तराष्ट्रिय सम्बन्ध मेरो स्रोतमा खोजिका बिषय बनेका छन्’ रावलले भने ‘म सुरुदेखि माओवादी सशस्त्र युद्धका बिपक्षमा थिँए, त्यसैलाई मैले खोजिको बिषय बनाएको छु ।

रावलले माओवादी युद्धका बिषयमा खोजि गर्न र केही तथ्य परक तथ्याङ लिन थालेका छन् । माओवादी पीडित र सरकारबाट पीडित दुवै पक्षसँग यातनाका बिषयमा पनि कुरा गरिरहेका छन् । ‘ब्यक्ति भेटघाट एउटा स्रोत हो भने अर्काे मेरो स्रोत माओवादी युद्धका नाममा लेखिएका कितावहरु हुन्’ रावलले भने ।

रावलले आफ्नो सोधपत्र पुरा गर्न माओवादीले युद्धकालमा लिएका निर्णयहरुलाई बढि आधार बनाउने भएका छन् । चुनवाङदेखि भारतसम्म माओवादी बैठकले लिएका निर्णयहरु उनले फेला पारेका छन् । माओवादी पार्टीभित्रका माइन्यूटहरु फेला पारेपछि उनलाई सजिलो भएको छ ।

माओवादी युद्धका नाममा लेखिएका धेरै पुस्तक उनीले पढि सकेका छन् । ‘करिव ८० भन्दा बढि पुस्तक मैले पढि सकेको छु, जति पुस्तक युद्ध हाक्ने प्रचण्डले पनि पढेका छैनन् होला’ रावलले भने । माओवादी युद्धका बेला र त्यसपछि धेरै पुस्तकहरु छापिएका छन् । कपितय युद्धमा होमिएका तत्कालिन लडाकुले लेखेका छन् भने कतिपय पुस्तक माओवादीलाई नजिकबाट नियाल्नेहरुले निकालेका छन् । ति सवै पुस्तक पढ्ने योजना रहेको रावलले बताए ।

आफ्नो सोध पत्रमा रावलले माओवादीको अन्तराष्ट्रिय सम्बन्धलाई पनि केलाउने भएका छन् । बिशेष गरी भारत, चीन र युरोपियन मुलुकहरुसँगको माओवादी सम्बन्ध र उनीहरुको सहयोगका बिषयमा पनि तथ्य परक चर्चा गर्ने भएका छन् । माओवादी युद्धलाई नमानेपनि माओवादी युद्धकै नाममा उनले बिद्यावारिधी गर्न लागेका छन् ।

One thought on “माओवादी युद्धमा एमाले उपाध्यक्ष भीम रावलको बिद्यावारिधी !
  1. दशवर्षे द्धन्द्धले बाजुरा जिल्लाकाे स्थानिय क्षेत्रमा पारेकाे असरका बारेमा मैले पनि अध्ययन गरेकाे छु । अावश्यक सामाग्री पठाई दिन सक्छु ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice