एमालेले जित्ने र अरुले सिक्ने

काठमाडौं । स्ववियु चुनावमा कांग्रेसीहरुको हर्कत देखेर प्रतिपक्षी दल तथा एमालेका अध्यक्ष केपी शर्मा ओली चकितमा परेका छन् । उनले स्ववियू निर्वाचनमा धाँधली गर्नेहरुले स्थानीय तहको चुनाब रोक्न खोजेको अभिव्यक्ति दिएका छन् ।

आइतबार धुम्बाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशैभर तीनै तह र स्ववियू चुनाव जित्ने भएपछि उनीहरुले चुनावका नाममा विद्रोह मच्चाइरहेको टिप्णी दिएका हुन् । कार्यक्रममा बोल्दै सबै तहको चुनाब एमालेले जित्ने र अरुले चाहिँ सिक्ने बताए । त्यसैले, जुनै तहको चुनावलाई कसैले रोक्न नसक्ने उनले बताए ।

कांग्रेसीहरुको नीति नै यहिँ रहेको बताउँदै स्ववियु चुनावमा तिनीहरुका आसेपासे विद्यार्थी नेताहरुले कुनै असर नपार्ने बताए । त्यसैले उनीहरु स्ववियु निर्वाचनको विरुद्ध उत्रनुको कुनै औचित्य नरहेको स्पष्ट पारे ।
आयोजित कार्यक्रममा वैद्य माओवादीका काठमाडौं जिल्ला कमिटीका सदस्य सन्तोष खड्काको नेतृत्वमा १५० जना एमाले प्रवेश गरेका छन् ।

 

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice