देश बनाउछु भन्दै हिडेका बाबुरामले आफैं पढेको विद्यालय समेत बनाउन सकेनन्

काठमाडौं, १५ फागुन । उनी पहिलो पटक अर्थमन्त्री  र दोस्रो पटक प्रधानमन्त्री समेत भए । अहिले उनी नयाँ शक्ति पार्टिका संयोजक बनेर बसेका छन् तर उनले क ख ग सिकेको स्कुलको हविगत भने दयनीय छ ।
गोरखाको अमरज्योति जनता माध्यामिक विद्यालयको पुनःनिमार्णको काम अलपत्र परेको भन्दै विद्यालय व्यवस्थापन समितिले उक्त विद्यालयको पूर्ननिर्माण तत्काल अघि नबढाए आमरण अनशन बस्ने चेतावनी दिएको छ ।
विद्यालय व्यवस्थापन समितिले पत्रकार सम्मेलन गरेर भूकम्पबाट क्षतिग्रस्त भएको उक्त विद्यालयको पुनःनिमार्ण अलपत्र परेको भन्दै दुःखेसो पोखेको हो ।
व्यवस्थापन समितिका अध्यक्ष प्रकाश न्यौपानेले काठमाडौंस्थित् भारतीय दुतावासले निमार्ण गरेको ३५ कोठे भवन विद्यालयलाई हस्तान्तरण नगर्दै भत्किएको गुनासो पोखेका हुन ।
अध्यक्ष न्यौपानेले भने,‘दुई तीन जना गएर तत्काल निमार्ण कार्य अघि नबढाए आगामी फागुन २२ गतेदेखि आमरण अनसन बस्छु ।’
त्यस्तै अमरज्योतिका पूर्व विद्यार्थी  राजेन्द्र बानियाँले भारतीय दुतावासले बनाईदिन्छु भनेर आश्वासन मात्रै दिईरहेकाले आमरण अनशनसम्मका आन्दोलन गर्नुपरेको बताए ।


उनले भने,‘हामी हाम्रो विद्यालय आफै बनाउँछौं, तर भारतिय दुतावासले सक्दिन भनेर हात झिक्र्नपर्छ, हामी आँफै बनाउँछौँ, डा. बाबुराम भटराई, डा.उपेन्द्र देवकोटा लगायत मानिस जन्माएको विद्यालय आज थला परेको छ, तत्काल यसको उपचार हुनुपर्छ ।’

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice