फेरि नाकाबन्दी लगाउने राजेन्द्र,महन्थको विपक्षमा उभिए उपेन्द्र

स्थानीय निकायको निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा मधेसी मोर्चाभित्र भने आन्दोलनको स्वरुपलाई लिएर विवाद भएको छ ।
स्रोतका अनुसार संविधान घोषणापछि जस्तै यसपटक पनि नाकाबन्दी गर्ने कि नगर्ने भन्नेमा मोर्चामा दुई धार देखिएको छ ।
सदभावना तमलोपा अध्यक्ष महन्थ ठाकुर, तमसपमा अध्यक्ष महेन्द्र यादव सदभावना अध्यक्ष राजेन्द्र महतो फेरि नाकाबन्दी लगाउनुपर्ने पक्षमा छन् ।
तर, संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादव, फोरम गणतान्त्रिक अध्यक्ष राजकिशोर यादव, नेपाल सदभावना पार्टीका अध्यक्ष अनील झा नाकाबन्दी गर्न नहुने पक्षमा रहेको स्रोतको भनाई छ ।
नाकाबन्दीले शासकहरुलाई भन्दा आमजनतालाई कष्ट हुने भएकाले नाकाबन्दी गर्न नहुने उनीहरुको तर्क छ ।
तत्कालका लागि भने मोर्चा भित्र सरकारी कार्यालय कब्जा गर्ने योजना बनेको छ । सरकारलाई एक पैसा पनि कर आउन नदिने गरी मोर्चाले आफ्नो कार्यक्रम तय गरेको छ ।
यस अगाडि केपी ओली नेतृत्वको सरकारले संविधान जारी गरेसँगै यस अगाडि   असोज २०७२ देखि करिब पाँच महिना लामो नाकाबन्दी लगाएको थियो ।  पछि ओली सरकार ढालेर प्रचण्ड नेतृत्वमा सरकार बनेसँगै उनीहरुले नाकाबन्दी खोलेका थिए ।

2 Comments
  1. पत्रकार ज्यु, झुठो कुरा किन लेख्छौं हँ? ओली प्रम बन्नु भन्दा अगाडी नै नाकाबन्दी लगायको होइन, धुपौर धोति हरुले? अनि ओली को पालामा मात्र केहि सिप नलागेर नाकाबन्दी हतायको होइन?

  2. Nindrama rahecha dhotiko khetalo patra kar Nc primeminister sulil koirala kai palama nakabandi theyo bharatko settingma pheri kina oli ko name yo payrakar mentalhospitalma chadai join gare huncha kina ki patrakar jasto bimbewar …..

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice