रेखा थापा र कोमल वली,दुवैको भयो पल्लाभारी

राप्रपा पार्टीको महाधिवेशनले कोमल वली र रेखा थापाको पल्लाभारी भएको छ । गए राती सम्पन्न मतगणना अनुसार  पार्टीको  केन्द्रीय सदस्यमा नायिका रेखा थापा, कलाकार कोमल वली, मीरा राणा विजयी भएका छन । यस्तै, कुन्ती शाही र प्रतिभा राणा पनि केन्द्रीय सदस्यमा चुनिएका  छन् ।
थापा माओवादी केन्द्रबाट राप्रपामा प्रवेश गरेकी थिईन । यता, वलीको राप्रपा प्रवेश विवादमा आएपछि रेडियो नेपालको जागिरबाट राजीनामा दिएर राजनीतिमा होमिएकी छिन ।
त्यसैगरी, पुरुषतर्फ नेताहरु बुद्धिमान तामाङ, विक्रम पाण्डे, राजाराम श्रेष्ठ, सुनिल थापा, जयन्द्र चन्द, धवल शम्शेर राणा, विक्रम थापा, राजेन्द्र लिङदेन, मोहन श्रेष्ठ र राजाराम बड्तौलालगायत निर्वाचित भएका छन । यस्तै पूर्वध्यक्ष लोकन्द्रबहादुर चन्दका छोरा जयन्त चन्द पनि केन्द्रीय सदस्य निवार्चित भएका छन  । पार्टीको महाधिवेशन यही फागुन ६ गतेदेखि सुरु भएको थियो । यस अगाडि नै कमल थापा अध्यक्षमा निर्वाचित भइसकेको छन । अधिवेशनलाई आज औपचारिक कार्यक्रम गरी समापन गरिने जनाइएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice