मधेसी नेताको थ्रेट पछि चुनावको मिति घोषणा गर्न हच्किए प्रचण्ड

आइतबार बस्ने मन्त्रिपरिषद्को बैठकबाट निर्वाचन मिति घोषणा गर्ने प्रधानमन्त्री प्रचण्डको तर्क हावामै सिमित भएको छ । शनिवार मधेसी दलका शीर्षस्थ नेताहरुसँग बालुवाटारमा भएको भेटघाटमा मोर्चाका नेताहरुले चुनावको मिति घोषणा गरिए प्रधानमन्त्री प्रचण्डसँग सम्बन्ध विच्छेद गर्ने चेतावनी दिएसँगै प्रधानमन्त्री प्रचण्ड चुनावको मिति घोषणा गर्नबाट तर्किएका हुन ।  आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक मधेसी नेताहरुको चेतावनीका कारण स्थगित हुन पुगेको छ ।

यद्यपि प्रधानमन्त्री प्रचण्ड निकट सूत्रहरुले भने कांग्रेस,एमाले र माओवादीबीच थप छलफल गर्नका लागि भन्दै मन्त्रिपरिषद्को बैठक स्थगित गरिएको बताइएको छ ।
निर्वाचनको मिति घोषणाका बिषयमा साझा धारणा बनाएर सत्तारुढ दुई दलले प्रमुख प्रतिपक्ष एमालेसँग छलफल गर्ने तयारी गरेका छन्। सत्ता साझेदार दुई दलले प्रमुख प्रतिपक्षी र मधेसवादी दलसँग आज दिनभरी छलफल गरेर भोलि निर्वाचन मिति घोषणा गर्ने तयारीस्वरूप बैठक स्थगित गरेका तर्क गरेका छन ।
निर्वाचन आयोगले फागुन ८ गतेसम्म चुनावको मिति घोषणा नभए प्राविधिक रुपमा निर्वाचन गराउन नसक्ने जनाउ दिएपछि प्रधानमन्त्री प्रचण्ड चौतर्फी घेराबन्दीमा परेका छन ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice