राप्रपाको मुद्धाले वालुवाटारमा मधेसी नेताहरु त्रसित

मधेसी जनताका हितका खातिर लडेको उदघोष गर्ने मधेसी नेताहरुलाई राप्रपाले बोकेको मुद्धाले कतिसम्म त्रास र भय पैदा गराएको रहेछ भन्ने दृश्य वालुवाटारमा देखिएको छ । बैठक थियो सत्ताधारी माओवादी कांग्रेस र मधेशवादीको । तर,चर्चा भयो कमल थापा र उनको पार्टीले बोकेको मुद्धाको  । चुनाव घोषणामा सहिमति खोज्ने उदेश्यका साथ मोर्चाका नेताहरुलाई शनिवार वालुवाटार बोलाइएको थियो ।  प्रधानमन्त्री प्रचण्डलाई भेटन राजेन्द्र महत्तो,महन्थ ठाकुर,हृदयेश त्रिपाठी,उपेन्द्र यादव,राजकिशोर यादवहरु बालुवाटार पुगेका थिए ।
प्रधानमन्त्री प्रचण्डले दुखको पन्तुरो खोल्दै चुनाव घोषणा गर्न आफू वाध्य रहेको र आफ्नो वाध्यता बुझिदिन मधेसी नेताहरुसँग आग्रह गरे । दाहालको यस्तो आग्रह सँगै मोर्चाका नेताहरुले अव सम्बन्ध विच्छेद गर्ने धम्की दए उनीहरुले  बाचा भूलेर चुनाव घोषणा गरे आधा घन्टा भित्र आन्दोलन घोषणा गर्ने चेतावनी दिएका थिए ।
सोही बैठकमा हो  सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, तमलोपा वरिष्ठ उपाध्यक्ष हृदयेश त्रिपाठी र फोरम गणतान्त्रिक अध्यक्ष राजकिशोर यादवले सरकारलाई दिँदै आएको समर्थन चुनाव मिति घोषणालगत्तै फिर्ता लिने समेत बताएको ।
उता, प्रधानमन्त्री दाहाल र मोर्चाका नेताहरुको भेटवार्तामा राप्रपा महाधिवेशनको विषयमा पनि चर्चा भएको थियो । राप्रपा महाधिवेशनमा देखिएको जनसहभागिताले ‘परिवर्तन’ पक्षधरलाई चुनौती दिएको मोर्चाका नेताहरुले दाहालसँग गुनासो गरेका थिए ।
‘तपाईं त राप्रपा महाधिवेशनमा हेर्न समेत जानु भयो’ संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले भने, ‘अव तपाईंलाई सर्बहारा पक्षीय र क्रान्तिकारी नेता भन्ने कि नभन्ने, तपाईंलाई क्रान्तिकारी भन्ने हो भने त्यो क्रान्ति अब कहाँ गयो ?’

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice