टुँडिखेलमा गृहमन्त्रीद्धारा राष्ट्रपति देखि प्रधानमन्त्रीसम्मको अपमान

पाहुनालाई घरमा निमन्त्रणा गरेर घर मालिक बीचमै लापत्ता भएझैं भएको छ आज एक कार्यक्रममा । फागुन ७ अर्थात प्रजातन्त्र दिवस । सोही दिवसको अवसरमा टुँडिखेलमा आयोजित एउटा कार्यक्रममा गृहमन्त्री बिमलेन्द्र निधिले आफ्नो पदीय हैसियत र मर्यादा बिर्सदा आलोचनाको शिकार बन्न पुगेका छन ।
आज बिहान टुँडिखेलमा सम्पन्न उक्त कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारी देखि सम्पूर्ण मन्त्रीहरु सो कार्यक्रममा उपस्थित थिए । कार्यक्रमको आयोजना तथा व्यवस्थापन गृह मन्त्रालयले गरेको थियो ।
सोही कार्यक्रम आयोजना हुँदै गर्दा आयोजकमध्यको एक गृहमन्त्री विमलेन्द्र निधि राष्ट्रपति,उपराष्ट्रपति,प्रधानमन्त्री भन्दा अगाडि निस्किएर कार्यक्रम छाडेर हिडेसँगै उनी आलोचनाको तारो बनेका हुन ।
साधरणतया यस्ता औपचारिक कार्यक्रमहरुमा राष्ट्रपति समेत सहभागि हुने कार्यक्रममा प्राय मन्त्री तथा प्रधानमन्त्री उपराष्ट्रपति र राष्ट्रपति भन्दा पहिला उपस्थित हुने परम्परा छ । साथै राष्ट्रपतिले हिँडेपछि मात्र मञ्च छाडने चलन छ । तर निधि भने शनिबारको प्रजातन्त्र दिवसको कार्यक्रम सुरु हुनु भन्दा अघि नै  गाडी चढेर कार्यक्रम स्थलबाट निस्किएका हुन ।
प्रजातन्त्र दिवसको आयोजक नेपाल सरकार भएपनि सम्पूर्ण व्यवस्थान गृह मन्त्रालयले हेर्छ । झाँकी प्रदर्शन, निम्तो बाँड्ने देखि विभिन्न कार्यक्रम र खेल कौशलको लागि समन्वय गृह मन्त्रालयले गर्छ । तर आयोजकमध्यकै एक गृहमन्त्री निधि यसरी कार्यक्रम सुरु हुनुभन्दा पहिलै मञ्चबाट हिडेसँगै राष्ट्रपति,उपराष्ट्रपति,प्रधानमन्त्रीको पदीय मर्यादा कुल्चिएको आरोप गृह मन्त्रालयकै केही उच्च पदस्थ कर्मचारीहरुले  लगाएका छन ।

5 Comments
  1. चिन्तै चिन्ता :-
    केरुङ्ग काठमान्डौ रेल भाडिएकोमा चिन्ता छैन,
    तर प्रचन्डलाई गालि गरिएकोमा चाँही चिन्ता छ /
    फास्ट ट्रयाक कहिले बन्ने हो चिन्ता छैन,
    तर भारतलाई दिएर कमिसन खान नपाएकोमा चिन्ता छ /
    चार हजार मेगावाट बिजुली निस्कने महाकाली बेचियो चिन्ता छैन,
    तर भारतले बनाउन नपाए रिशाउला कि भन्ने चाँही चिन्ता छ /
    समिधान कसरि कार्यान्वयन गर्ने हो चिन्ता छैन,
    तर संसोधन गरेर भारत खुशी पार्ने चिन्ता छ /
    देश कसरि बिकाश गर्ने हो चिन्ता छैन /
    तर देशलाई घात गरेर भए पनि सत्तामा जाने चिन्ता छ /
    खाडी बाट दिनको ३ वटा लास आएकोमा चिन्ता छैन,
    तर दुखले ल्याएको समानमा भन्सार ठोक्ने चिन्ता छ /
    भारतले नाकाबन्दी गरेको र हेपेकोमा चिन्ता छैन,
    तर भारत रिशाएमा सत्तामा जान नपाइएला कि भन्ने चिन्ता छ /
    जाति धर्म र सम्प्रदाए बीच फाटो आएकोमा चिन्ता छैन,
    तर पहिचानको नाममा जनता भुलाएर फाइदा लिने चिन्ता छ /
    चिनिया राष्टपति नेपाल भ्रमणमा नआएकोमा चिन्ता छैन,
    तर भारतीय राष्टपतिलाइ नेपाल भ्रमण गराउने चिन्ता छ /
    प्रलोबनमा पारेर नेपालीलाई क्रिस्चियन बनाइएकोमा चिन्ता छैन,
    तर नेपाल फेरी हिन्दु राष्ट हुने हो कि भन्ने चाँही चिन्ता छ /
    भस्टचारले देश कंगाल र बर्बाद भएकोमा चिन्ता छैन ,
    तर अखितियारले भस्टचार मुद्दामा तान्ने हो कि भन्ने चाँही चिन्ता छ /
    न्याय नपाएर भोक हड्ताल गरेर नागरिक मर्दैछन् चिन्ता छैन,
    तर आफ्ना कार्यकर्ता कारबाहीमा पर्ने हो कि भन्ने चिन्ता छ /
    भारतले सिमा मिचेकोमा कुनै चिन्ता छैन,
    तर भारतले भनेको जस्तो गर्न नपाएर चिन्ता छ /
    नेपालीको स्वाभिमान गुमेकोमा चिन्ता छैन,
    तर भारत बिरोधि भाबना बढेकोमा चिन्ता छ /
    चीनले बनाइदिएको ट्रलीबस र दर्जन उद्योग बन्द भएकोमा चिन्ता छैन,
    तर उद्योग बेचेर कमिसन हडप्ने चिन्ता छैन /
    जनता उपचार गर्न सकेर मरीरहेको मा चिन्ता छैन,
    तर अमेरिका, सिंगापुर र ब्याङ्कक गएर उपचार गराउने चिन्ता छ /
    जनताको जिउ धनको चाँही चिन्ता छैन /
    तर २० जनाको सुरक्षा कर्मी हुदा पनि आफ्नै ज्यानको चाँही चिन्ता छ /
    ४० लाख युबा बेरोजगार भएर खाडी पस्दा कुनै चिन्ता छैन,
    तर आफ्नो मान्छेलाइ राजदुत बनाउन नपाइने हो कि भन्ने चाँही चिन्ता छ /
    कसरि अरुले भन्दा राम्रो काम गर्ने र सत्तामा टिकी रहने हो भन्ने चिन्ता छैन,
    अरुले काम गर्ला र आफु कहिले सत्तामा पुग्न नसकियला भनेर खुट्टा तान्ने चाँही चिन्ता छ /
    देश र जनतालाई कसरि धनि बनाउने चिन्ता छैन /
    तर चिनिया रेल आयो भने पर्यावरण बिग्रेला भन्ने चाँही चिन्ता छ /
    नेताहरुको कुबुद्दिले एकदिन देसनै भारतमा मिसिने पो हो कि चिन्ता छ /
    १० हजार खर्च गरेर बनाएको पासपोर्ट नेपाल फर्कदा कामै नलाग्ने हो कि भन्ने पो चिन्ता छ /
    फर्कन दिए त् ठिकै हो, भुटानी सरनार्थी जस्तो बिजोक बनाइदिने पो होकी त भन्ने चिन्ता छ /
    अनि देश बन्छ त् हजुर ? यसमा हजुरको चिन्ता के छ ?
    mbpandit@gmail.com

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice