नबुझिने देउवाको चाला : कहाँ कहाँ ठोके कांग्रेसीहरुले ताला ?

नेपाली कांग्रेस कतिसम्म पराजीत मानसिकता रहेछ भन्ने पछिल्लो कडी यो हो । काग्रेस पार्टी निकटका भातृ संगठनहरु अहिले देशव्यापी तालाबन्दीमा उत्रिएका छन । चाहे क्याम्पस होस वा पत्रकार महासंघका जिल्ला देखि केन्द्रसम्मका कार्यलयमा उनीहरु पराजीत हुने देखेसँगै अनेक लफडा निकालेर तालाबन्दीमा उत्रिएका छन । त्यस्तै उनीहरुले पछिल्लो समयमा खेलकुद क्षेत्रमा समेत यस्तै रवैया प्रकट गरेका छन ।

कांग्रेसको तालाबन्दी कारण केही जिल्लामा पत्रकार महासंघको चुनाव समेत हुन सकेको छैन । यता,सातदोबाटोमा रहेको अखिल नेपाल फुटबल महासंघ एन्फामा समेत कांग्रेस निकटका व्यक्तिहरुले ताला लगाइदिएका छन । यता,काग्रेसका तालाबन्दीका शिकार क्याम्पसहरुमा समेत परेको छ । पछिल्लो चरणमा राजधानीका ठूला क्याम्पसहरु शंकरदेव, त्रिचन्द्र, पाटन संयुक्त, नेपाल लक्याम्पस, अस्कल र महेन्द्ररत्न क्याम्पस लगायतमा नेविसंघले तालाबन्दी गरेको छ । बुधवार प्रमुख दलको बैठक हुँदा कांग्रेस सभापति देउवाले आफ्नो भातृ संगठनले लगाएको ताला खुलाउने प्रतिवद्धता जनाएका थिए सँगै  ताला खोल्न नेविसंघको नेतृत्वलाई निर्देशन दिने समेत वताएका थिए । तर नेविसंघले लगाएको ताला अझै खोलिएको छैन । जित्ने अवस्था नभएसम्म अधिवेशन नै नगर्ने, अधिवेशन आयोजना गरे पनि प्रतिनिधि आएपछि स्थगित गर्ने ‘लोकतान्त्रिक’ अभ्यासमा हुर्किएका कांग्रेस भातृ संगठनहरुले राज्य र सार्वजनिक निकायहरुमा पनि आफ्नो पार्टी भित्रको जस्तै ‘लोकतान्त्रिक’ पद्दति बसाउन खोजेको टिप्प्णी हुँदैछ ।

यता,यिनै कांग्रेसी खेमाका एउटा समूहले सातदोबाटोमा अवस्थित एन्फा कम्लेक्समा तालाबन्दी गरेको छ । यसरी तालाबन्दीमा उत्रनेमा कांग्रेसका संस्थापक मध्यका एक सुर्वण शमशेरका छोरा समेत रहेका कुनै समय भारतको लागि नेपलाका राजदुत समेत रहेका रुक्म शमशेर राणाहरुको सक्रियतामा ताला झुण्डिएको छ । उता नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यलयमा समेत कांग्रेस निकटका पत्रकारहरुले तालाबन्दी गरेका छन ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice