राजीव पहारीलाई टक्कर दिँदै दिलु पन्त

नेकपा एमालेको भातृ संगठन युवा संघमा विवाद मिलेको भनिए पनि अहिले अध्यक्ष राजिव पहारी र उपाध्यक्ष दिलु पन्तबीच पानी बाराबारको स्थिती उत्पन्न भएको छ ।

अध्यक्ष केपी ओली पक्षले युवा संघमा मनपरी गरेको भन्दै बरिष्ठ नेता माधव नेपाल पक्षधर असन्तृष्टी पोखेको छ ।
पार्टी शीर्ष तहमा छलफल भएपनि विवाद मिल्न नसकेपछि युवा संघका दुई पक्षले भिन्दाभिन्दै भेला र कार्यक्रम गर्न लागेसँगै संघभित्रको विवाद सतहमा आएको हो ।
विधान विपरित युवा संघमा कमिटी बनाइएको र गुटगत आधारमा नेताहरुको जिम्मेवारी तोकिएको भन्दै बरिष्ठ नेता नेपाल पक्षधरले अहिले केही समय पछाडि पत्रकार सम्मेलन आयोजना  गर्दैछ ।
युवा संघ अध्यक्ष राजिव पहारीले पार्टी अध्यक्ष ओलीको आडमा विधान विपरित काम गरेको आरोप असन्तुष्ट पक्षले लगाएको हो । युवा संघ नेतृ दिलु पन्तका अनुसार आज दिउँसो पत्रकार सम्मेलन गरी नेतृत्वको ध्यानाकर्षण गर्ने तयारी भइरहेको छ ।
र नियम विपरितका गतिविधि नसच्चिए भिन्दै भेला बोलाउने सम्म पन्त पक्षधरको तयारी  छ ।

उनले संगठनमा छलफल नै नगरी महाधिवेशनको मिति र स्थान तोकिएको प्रति आपत्ति जनाइन् । बेलैमा गल्ती नसच्चाए सो महाधिवेशन आफूहरुले बहिष्कार गर्ने र भिन्दै भेला बोलाउने  पन्तको भनाइ छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice