माधव नेपाल विरुद्ध विष बमन गरेसँगै आरके मैनालीलाई पार्टीको भिटो

नेकपा एमालेका केन्द्रीय सदस्य राधाकृष्ण मैनालीमाथि कारवाही हुने भएको छ । बुधबार पार्टी केन्द्रीय कार्यालय धुम्वाराहीमा बसेको एमाले पोलिटब्युरो बैठकले पार्टी नेतृत्वविरुद्ध नियोजित रुपमा लागेको भन्दै मैनालीमाथि कारवाही गर्ने निष्कर्ष एमालेले निकालेको छ ।
एमाले पार्टीका संस्थापकमध्यका एक नेता मैनालीले बीचमा सो पार्टी छाडेका परित्याग गरी वर्ष दिन अगाडि मात्र मूल घरमै फर्किएका थिए ।
मैनालीको हालै मात्र सार्वजनिक भएको ‘नलेखिएको इतिहास’ आत्मकथा प्रकाशित भएसँगै मैनाली विवादमा तानिएका हुन । पछिल्लो समयमा उनले  पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालविरुद्ध विभिन्न मिडियामा अपाच्य अभिव्यक्ति दिँदै आएका छन् ।
पार्टीको केन्द्रीय समितिमा बसेर मैनालीले सिंगो पार्टीको बदनाम गर्ने ढंगले हुँदै नभएका कुरा प्रचार गरेर अध्यक्ष ओली र आफूसहित अन्य नेतृत्वको बदनाम गर्न खोजेको भन्दै उनले ती आरोपहरुको पार्टीले आधिकारिक रुपमै खण्डन गर्नुपर्ने र मैनालीलाई कारवाही गर्नुपर्ने माग पार्टीका बरिष्ठ नेता माधव कुमार नेपालले प्रस्ताव राखेका थिए । पार्टीका उपाध्यक्ष बामदेव गौतमले पनि प्रक्रियामा गएर यो विषयलाई अन्त्य गर्न अध्यक्ष ओलीलाई सुझाव दिएका थिए  ।

जवाफमा अध्यक्ष ओलीले मैनालीले कुण्ठा र द्वेष पुस्तक तथा अन्तरर्वार्तामार्फत व्यक्त गरेको भन्दै कारवाही गर्ने संकेत दिए । पार्टी नेतृत्वमाथि लगाइएको अधिकांश आरोपहरु झुटा र कपोलकल्पित भन्दै अध्यक्ष ओलीले मैनालीले लामो समयदेखि आफूभित्र रहेको द्वेष र कुण्ठा अहिले आएर प्रकट गरिरहेको टिप्पणी गरेका थिए ।

आजको बैठकमा मैनालीको आरोपको सार्वजनिक रुपमै खण्डन गर्दै उनीमाथि अनुशासन आयोगले स्पष्टीकरण लिने र त्यसपछि अन्य कारवाही अघि बढाउने सहमति भएको स्रोतले बतायो ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice