जनयुद्ध दिवसकै दिन प्रधानमन्त्री प्रचण्डले दिए देशवासीलाई लज्जाजनक उपहार

फागुन एक गते अर्थात माओवादी जनयुद्ध दिवस । सोही दिन एकाबिहानै वालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले जग हसाँउने निर्णय गरेको छ । प्रहरी संगठन भित्र सक्षम र योग्य भन्दा हाम्रा मान्छेलाई महानिरिक्षकमा बढुवा गरिएको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवाको राष्ट्र भन्दा पनि क्षेत्रियताबादी अडान र दबाब तथा निर्वाचनमा कांग्रेसलाई जिताईदिने शर्तमा प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नै अडानबाट लत्रेर नेपाल प्रहरीको महानिरिक्षक पदमा जयबहादुर चन्दलाई  महानिरिक्षक पदमा नियुक्त गरेका छन् ।

नेपाल प्रहरीको महानिरिक्षक पदमा नियुक्ति सम्बन्धी विवादकाबीच मन्त्रीपरिषदको आईतबार विहान बसेको बैठकले तेस्रो वरियताका डिआइजी जयबहादुर चन्दलाई महानिरिक्षकमा बढुवा गरेको छ ।

पहिलो वरियताका डिआइजी नवराज सिलवाल र दोस्रो वरियताका प्रकाश अर्याललाई पञ्छाउदै चन्द महानिरिक्षक पदमा पुग्न सफल भएका छन् ।

मन्त्रीपरिषद बैठकले सशस्त्र प्रहरी बलको महानिरिक्षक पदमा एआइजी सिंहबहादुर श्रेष्ठलाई बढुवा गरेको छ । सशस्त्रमा महानिरिक्षक पदका लागि नेपाल प्रहरीमा जस्तो विवाद थिएन ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice