‘नदेखिएका आँशु’मा विनयजंगका वियोगान्त कहानी

उनी भेटिए जति सबैसँग हाँसेर,खुलेर बोल्छन । तर,बाहिर देखिएजस्तो सहज छैन उनको जीवन । उनका जीवनका ठूला ठूला दुख र संर्घषका पहाडहरु आए ।  तर,उनी कति पनि बिचलित भएनन् । जीवनमा आएका आँधी र हुरीहरुसँग मुकाविला गरिरहे ।

यस्तो लाग्छ,उनको सिंगो जीवन पढ्दा कुनै बियोगान्त चलचित्रको मर्मस्पर्शी कथाभन्दा कम छैन । उनी आफैं लामो समयसम्म कुलतमा परे । बुवाको सडक दुर्घटनामा परी देहान्त भयो । श्रीमती र छोरीले छोडेर गइन । कालान्तरमा,उनी बने नितान्त एक्लो । उनको एक्लोपनालाई साथ दिन आइपुगेका थिए समाजसेवी लालबहादुर मर्हजन । उनै मर्हजनको साथ समर्थन र हौसला पाएर उनी अर्थात विनयजंग बस्नेत चोभारस्थित विष्णु शर्मा सञ्चालक रहेको रिचमण्ड फेलोसिपमा रिह्याब सेन्टरमा पुगे । त्यहाँ चार महिना बसेपछि उनी सुध्रिए । जाँड,रक्सी र कुलतबाट उनी आफू सुध्रिए पछि अरुलाई पनि सुध्रिनका लागि बाटो देखाउन थाले ।
हो,यिनै विनयजंग बस्नेतको सत्य घटनामा आधारित डकुमेन्ट्री प्रर्दशनमा आउन लागेको छ । जस्लाई ‘नदेखिएका आँशु’हरु नाम दिइएको छ ।
बेवारिसे लाशहरुको व्यवस्थापन गर्दै आइरहेको संस्था एक्सन फर सोसल चेन्जको प्रस्तुति रहेको उक्त डकुमेन्ट्रीको निर्माता एक्सन फर सोसल चेन्जका संरक्षक लाल बहादुर मर्हजनको रहेको छ भने,संगीत सुमन कपाली र स्वर प्रद्युम्न मर्हजनको रहेको छ । त्यस्तै उक्त डकुमेन्ट्रीको निर्माण नियन्त्रक राष्ट्रिय खेलाडी म्याक्स बस्नेत रहेका छन ।
नदेखिएका आँशुहरुको कथा तथा परिकल्पना भने विनयजंग बस्नेतको हो । डकुमेन्ट्रीमा विनयजंग बस्नेत,म्याक्स बस्नेत,लालबहादुर मर्हजन र पवित्रा लामाको कारुणिक अभिनय देख्न सकिने छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice