राष्ट्रपति बिद्यादेवी भण्डारी सक्रिय, देउवा र ओलीसँग सितल निवासमा छलफल

काठमाडौं । राजनीतिक संकट गहिरिदै गएपछि राष्ट्रपति  बिद्यादेवी भण्डारीले सक्रियता देखाएकी छिन् । निर्वाचन र संविधान संशोधनलाई लिएर दलहरुबीच तिव्र मतभेद भइरहेका बेला राष्टपति भण्डारीले दुई ठुला दलका शिर्ष नेतासँग बुधबार भेटवार्ता गरेकी छिन् ।

आगमी माघ ७ भित्र तीन तहको निर्वाचन नभए देशमा कस्तो संबैधानिक संकट आउँछ सक्छ भन्ने बिषयमा मंगलवार कानुनविद् र नेपाल बार एशोसिएशनसँग सुझाव लिएकी राष्टपति भण्डारीले बुधबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी छिन् ।

कानुनबिद्हरुले तीन तहको निर्वाचन माघ ७ भित्र नभए संबैधानिक संकट आउने सक्ने सुझाव दिँदै तीन दलका शिर्ष नेतालाई निर्वाचनका लागि वातावरण बनाउन राष्टपतिले दवाव दिनु पर्ने बताएका थिए । कानुनविद्हरुको सुझावपछि राष्टपति भण्डारीले एमाले अध्यक्ष ओलीलाई बोलाएर निर्वाचनका लागि बातावरण बनाउन आग्रह गरेकी थिइन ।

विहान एमाले अध्यक्ष ओलीलाई भेटेकी भण्डारीले अपरान्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सितल निवास बोलाएकी थिइन । देउवालाई पनि निर्वाचनको वातावरण बनाउन र संबैधानिक संकटबाट देशलाई जोगाउन भण्डारीले आग्रह गरेको स्रोतले बताएको छ ।

राष्टपति भण्डारीले आज नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्ने भएकी छिन् । उनले सवै दलका नेताहरुसँग भेटेपछि सामुहिक बैठक राख्ने योजना बनाएकी छिन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice