देउवाले भनेः प्रचण्डबाट पार लागेन, अब मेरै नेतृत्वमा तीन तहको निर्वाचन गराउँछु

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पछिल्लो समय असन्तुष्ट बन्दै आएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नै नेतृत्वमा नयाँ सरकार गठन गर्ने गृहकार्य थालेका छन् । संविधान संशोधनका लागि प्रमुख प्रतिपक्ष दल एमालेलाई साथमा लिन नसकेको र मधेसी मोर्चालाई विश्वासमा लिई निर्वाचन घोषणा गर्न नसकेको आरोप देउवाले दाहालाई लगाउन थालेका छन् ।

शनिवार काठमाडौं क्षेत्र नं २ मा भएको कार्यकर्ता भेलामा देउवाले अब आफ्नो नेतृत्वमा तीन तहको निर्वाचन गर्ने बताए । प्रचण्डजीले खुट्टा कमाउनु भयो, उहाँको नेतृत्वमा निर्वाचन हुन नसक्ने देखियो, देउवाले भने अब मेरै नेतृत्वमा तीन तहको निर्वाचन हुन्छ ।

नेपाली कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौला, डा. शेखर कोइराला र मिनेन्द्र रिजालले सरकार ढाल्न प्रमुख प्रतिपक्ष दल एमालेसँग गोप्य संम्वाद थालिरहेका बेला कांग्रेस सभापति देउवाले तीन तहको निर्वाचन आफ्नो नेतृत्वमा हुने दावी गरेका छन् । प्रधानमन्त्री दाहालसँग असन्तुष्ट बन्दै मधेसी मोर्चासँगको बैठकमा अनुपस्थित भएका देउवाले अबको दुई महिनाभित्र नयाँ सरकार गठन भइसक्ने दावी समेत गरेका छन् ।

देउवा मात्र नभई नेपाली कांग्रेसका प्रभावशाली नेताहरु पनि प्रचण्ड सरकारप्रति असन्तुष्ट बन्दै गएका छन् । बरिष्ठ नेता रामचन्द्र पौडेलले मिति नै नतोकि निर्वाचनको तयारी थाल्न निर्वाचन आयोगलाई पत्राचार गर्ने सरकारको निर्णय प्रति आपत्ति जनाएका छन् । यहाँ को बेबकुफ छ र प्रचण्डजीको चालबाजी थाहा नपाउने ? पौडेलले भने मिति विनाको निर्वाचन तयारीले संविधान कार्यान्वयन हुँदैन ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice