यी सेलिब्रेटी,जस्ले भत्काए जात भातको साँघुरो पर्खाल …

भनिन्छ नि प्रेम र युद्धमा हर चिज जायज हुन्छ । नेपाली समाज अझै पनि जात भातबाट माथि उठ्न सकेको छैन ।तर,केही यस्ता सेलिव्रेटीहरु छन । जस्ले आफ्नो जीवनमा प्रेमलाई प्रथामिकता दिँदै जात भातको  साघुँरो जन्जिरलाई तोडेका छन । आजको शनिवारिय विशेषांकमा हामी तीनै सेलिव्रेटीको चर्चा परिचर्चा गर्दैछौं ।   करिष्मा मानन्धर देखि दिया माष्केसम्मले अन्तरजातिय विवाह गर्ने सेलिव्रेटीमा पर्दछन । उषा खड्गी,देवी घर्ती,यश कुमार,सत्यराजहरुले समेत आफ्नो प्रेममा जातभातको साघुँरो मानसिकतालाई तोडेका छन ।

 
करिष्मा मानन्धर र विनोद मानन्धर


क्षत्री परिवारमा जन्मिएकी करिष्मा केसी कालान्तरमा मानन्धर बनिन ।  विनोद मानन्धरसँग  अन्तर जातीय प्रेम विवाह हो करिष्माको । नेवार परिवारका विनोद र क्षत्री परिवारकी करिष्माको प्रेम विवाह भएको थियो । र,करिष्माका धेरै फ्यानहरुलाई उनी केसी हुन भन्ने जानकारी नहुन पनि सक्छ ।

उषा खड्गी र जी पी तिमल्सिना

 

वि स २०५७ अर्थात सन् २००० को मिस नेपाल उषा खड्गी र सञ्चारकर्मी जि पी तिमल्सिनाको अन्तरजातीय विवाह भएको थियो । बाहुन परिवारका जि पी र नेवार परिवारकी उषाको प्रेम विवाह हो ।
 यश कुमार र रीना खड्गी शाही
सर्लाहीमा जन्मेका यश कुमारले काठमाण्डौ बागबजारकी रीना खड्गी शाहीसँग अन्तरजातीय विवाह गरेका हुन् । उनीहरुले भागेर विवाह गरे ।
दिया मास्के र अनुप बराल


निर्देशक अनुप बराल र अभिनेत्री दिया मास्केले २०७१ सालमा लगनगाँठो कसे ।  नेवार परिवारकी दिया र बाहुन परिवारका अनुपको सम्बन्धलाई परिवारले ईन्कार गर्न सकेन ।
 देवी घर्ती र राजु ढकाल
मगर परिवारकी देवी घर्ती र बाहुन परिवारका राजुले जातपात नहेरीकन आफ्नो खुसी हेरे र एकअर्कालाई अंगाले । उनीहरुले बाहुन र मगर परम्पराअनुसार दुईपटक विवाह गरेका थिए ।
 सत्य राज आचार्य र अनिता थापा


गायक सत्य राज आचार्यले पनि अनितासँग अन्तरजातीय विवाह गरेका हुन् । थापाकी छोरी अनिता र बाहुनका छोरा सत्यलाई विवाहमा बाधा भने आएन ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice