गृहमन्त्रीको प्रस्ताव विरुद्ध प्रतिरोधमा उत्रने विप्लवको कडा चेतावनी

नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को गतिविधीप्रति नियन्त्रण गर्न गृहमन्त्रीको क्याविनेट प्रस्तावलाई  विप्लव माओवादीले राज्यको रवैया भनेको छ ।
शुक्रवार विहानै एक प्रेस विज्ञप्ती सार्वजानिक गर्दै पार्टी महासचिव विप्लवले यस प्रकारको राज्यको रवैयाले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
राष्ट्र र जनताको पक्षमा साथै गलत कामको भण्डाफोर गर्न आफूहरु सक्रिय रहँदा उल्टै राज्यले दमन गर्न खोजेको उनीहरुको आरोप छ ।


आठौं महाधिवेशनको तयारी गरिरहेका बेला मन्त्रिपरिषदमा गृहमन्त्रीले पार्टीका गतिविधिमाथि नियन्त्रण गर्ने खालको प्रस्ताव राखेको भन्दै विप्लवले प्रतिरोधमा उत्रिन सम्पूर्ण पार्टी पंक्तिलाई अपिलसमेत गरेका छन् ।
गृहमन्त्रीले हाम्रो पार्टीबाट राज्यलाई चुनौती भएको भन्दै पार्टीका गतिविधिमाथि नियन्त्रण गर्ने खालको प्रस्ताव गरेको प्रचार भएको छ । राज्यको यो रवैयाले हाम्रो ध्यान गम्भीर प्रकारले तानेको छ ।
विज्ञप्तिमा लेखिएको छ, ‘राज्यको यस्तो दमनकारी नीतिबाट हाम्रो पार्टी विचलित हुने त कल्पनै छैन बरु सशक्त प्रतिरोधको मार्गमा अगाडि बढ्नेछ ।’

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice