सरकार ढाल्न सिटौला,शेखर, मिनेन्द्रको सक्रियताको सुराक वालुवाटार पुगेपछि …

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संकटमा परिरहेका बेला मुख्य सत्ता साझेदार दल नेपाली कांग्रेसका प्रभावशाली नेताहरु सरकारको बिकल्प खोज्न थालेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढाल्न र कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन गर्न कांग्रेसका प्रभावशाली नेताहरु गोप्य छलफलमा जुटेका छन् ।

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला, डा.शेखर कोइराला र मिनेन्द्र रिजालले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग नयाँ सरकारका बिषयमा छलफल थालेको स्रोतले बताएको छ । मंगलबार कांग्रेसका तीन नेता र एमालेका उपाध्यक्ष बामदेव गौतम, उपमहासचिव बिष्णु पौडेलबीच गोप्य संवाद भएको थियो । काठमाडौंका शंखमुलमा कांग्रेस र एमालेका नेताबीच झण्डै दुई घण्टा लामो संवाद भएको स्रोतले बताएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निर्वाचन घोषणा नगरी लामो समय सरकारमा बस्न खोजेको भन्दै कांग्रेस नेताहरुले विकल्प खोज्न थालेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा एमाले सहित सरकार बनाउने र त्यही सरकारले निर्वाचन गराउने प्रस्ताव कांग्रेस नेताहरुले राखेका थिए । तर एमालेका नेताहरुले भने सरकार परिर्वन गर्ने बिषयमा पार्टीमा छलफल नभएको जवाफ दिएका थिए । ‘तपाईहरुको प्रस्ताव आयो अब हामी पार्टीमा छलफल गर्छाै, त्यसपछि बसेर कुरा गरौला’ बैठकमा एमाले उपाध्यक्ष गौतमले भने ।

तर गौतम भने आफु प्रधानमन्त्री बन्ने दाउमा छन् । कांग्रेसले प्रधानमन्त्री एमालेलाई दिएपछि मात्र नयाँ सरकार गठनका बिषयमा एमाले तयार हुने संकेत बैठकमा गरेका थिए ।

कांग्रेस र एमाले नेताहरुबीच शंखमुलमा भएको छलफल बुधबार बालुवाटार पुगेको थियो । दुई दलका प्रभावशाली नेताबीच सरकार परिवर्तन गर्ने बिषयमा छलफल भएपछि प्रधानमन्त्री दाहालले कांग्रेस सभापति देउवासँग छलफल गरेका थिए । त्यसलगतै प्रधानमन्त्री निर्वाचन तत्काल घोषणा हुने जानकारी आफु निकटका मिडिया हाउसलाई दिएका थिए ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice