वाइसियलको भेलामा सह संयोजकको विवाद, मातृका र मणीबीच झण्डै कुटाकुट

प्रधानमन्त्री प्रचण्डले माओवादी केन्द्रको भातृसंगठन वाइसियललाई एमालेसँग सशक्त प्रतिकारमा उर्तन निर्देशन दिएको भोलीपल्टै वाइसियलमा झण्डै कुटाकुटको स्थिती श्रृजना भएको खबर छ ।

काठमाडौंको तीनकुनेस्थीत ताज पार्टी प्यालेसमा चलिरहेको वाईसीएलको एकता भेलामा हालै मात्र एकता प्रकृयामा आएका मातृका यादव र मणी थापा समूहबीच हात हालाहालको स्थिती पैदा भएको हो ।

स्रोतका अनुसार, माओवादीभित्र कडा र खरो नेताका रुपमा चिनिने मातृका यादव र नरम रुपमा प्रस्तुत हुदै आएका मणि थापाबिच वाइसीएलको विषयलाई लिएर लफडा भएको हो ।

माओवादी केन्द्रको भातृ संगठन वाइसिएलको एकता भेलामा मातृका यादवले उपद्रो मच्चाएको बताइएको छ  । मातृका यादवको समुहले सो वाइसीएलको भेला वहिष्कार समेत गरेको स्रोतले जनाएको छ ।

कार्यविभाजन नमिलेको भन्दै यादव समुहका युवाहरुले कार्यक्रम बहिष्कार गरेर हलबाट बाहिरिए थिए । वाईसीएलको कार्यविभाजन गरिँदा सह संयोजकमा उनीहरुको दावा थियो ।  तर,संगठनको नीतिमा संयोजक मात्रै तोक्ने भनिएकोले उनीहरुलाई सहसंयोजक दिन नसकिने जनाएसँगै मातृका यादव समुहका कार्यकर्ताले एकता प्रक्रियाबाटै आएका नेता मणि थापाविरुद्ध नाराबाजी गर्दै बाहिरिएका हुन  ।

‘मणि थापा मुर्दावाद, एकता प्रक्रिया मान्दैनौँ’ जस्ता नारा लगाउँदै उनीहरु हलबाट बाहिरिएका वाइसियलका नेताहरुले पृष्ट्याई गरेका छन ।

One thought on “वाइसियलको भेलामा सह संयोजकको विवाद, मातृका र मणीबीच झण्डै कुटाकुट

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice