भारतसँगको वाचा सम्झाउदै प्रचण्डलाई वालुवाटारमा महन्थ ठाकुरले पारे र्याखर्याख

‘तपाईंहरुले गर्न खोजेको चाहीँ के हो ? हामीसँग के बाचा गर्नु भएको थियो, भारतसँग के बाचा गर्नु भएको थियो ? सबै विर्सेर अहिले चुनावको तयारी अघि बढाउँ भन्ने ?’

महन्थ ठाकुरले आज विहान प्रधानमन्त्री निवास वालुवाटारमा पोखेको आक्रोश हो यो ।

निर्वाचन घोषणाका विषयमा मोर्चाको सहमति लिन प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार प्रधानमन्त्री निवास वालुवाटारमा सत्तारुढ तीनवटै पक्ष नेपाली कांग्रेस, माओवादी र मधेसी मोर्चाको बैठक राखेका थिए ।

बैठकमा मधेसी मोर्चाका नेताले पूर्व सम्झौता अनुसार संविधान संशोधन गर्न अहिले दर्ता गरिएको प्रस्ताव परिमार्जन गर्नु पर्ने र त्यसमा एमालेलाई पनि मनाएर संशोधन गर्नु पर्ने अन्यथा चुनाव हुन नदिने चेतावनी दिएका थिए  ।

बैठक स्रोतका अनुसार तमलोपा अध्यक्ष ठाकुरले गत साउनमा भएको कांग्रेस–माओवादी र मोर्चाबीच भएको सम्झौतापत्र साथमै लिएर गएका थिए । प्रधानमन्त्री दाहालले भने मोर्चाका नेताहरुलाई चार विकल्प दिंदै निर्वाचन घोषणा र संविधान संशोधन सँगसँगै अघि बढाउने आश्वासन दिए ।

चुनाव र संशोधन सँगसँगै लैजाने भनेपछि मोर्चाका नेता तथा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले गठबन्धनसँग सम्बन्धविच्छेद गरेर आन्दोलनमा चेतावनी दिए ।

‘तपाईंहरुले के गर्न खोज्नु भएको हो हामीले बुझेका छौं’ बैठकमा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवको भनाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘हामी अव हाम्रो तयारी गर्छाैं तपाईंहरु आफ्नो तयारी गनुर्नस् ।’

One thought on “भारतसँगको वाचा सम्झाउदै प्रचण्डलाई वालुवाटारमा महन्थ ठाकुरले पारे र्याखर्याख
  1. हामीसँग के बाचा गर्नु भएको थियो, भारतसँग के बाचा गर्नु भएको थियो ? – एक आपसको कुरा त छ तर यो अरु सँग बाचा त भएन , यो अरु सँग बाचा गर्ने सबैलाई खेद्नु पर्छ अब , यिनी हरुलाई नौ डाडा खेदाउनै पर्छ ,

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice