भारतीय राजदुत रञ्जित रेले यसरी नचाए गृहमन्त्री र रक्षामन्त्रीलाई

बाँडिएको सबै कार्डमा लेखिएको थियो,प्रमुख अतिथी रक्षामन्त्री बालकृष्ण खाँड । तर कार्यक्रममा प्रमुख आतिथ्य गरिरहेको थिए गृहमन्त्री बिमलेन्द्र निधिले । यस्तै उराठ लाग्दो दृश्य देख्न पाइयो हिजो सोल्टी होटलमा ।  भारतको स्तन्त्रता दिवसका अवसरमा नेपाल भारत मैत्री संघद्धारा आयोजित कार्यक्रममा कांग्रेसका दुई मन्त्रीलई जुधाउने काम भारतीय राजदुत रञ्जित रेले गरेका हुन ।

भारतीय दूतावासका राजदुत रन्जित रेको साथमा गरेको कार्यक्रममा रक्षा मन्त्री वालकृष्ण खाडलाई प्रमुख अतिथि बनाउने निधो भयो र निम्तो कार्डहरु पनि बाँडिएको थियो  । तर, भारतीय दूतावासले उप प्रधानमन्त्री एबं गृहमन्त्री विमलेन्द्र निधिलाई प्रमुख अतिथि बनाउनु पर्ने कुरा गरेपछि अकस्मात निधिसँग सम्पर्क गरियो ।

निधि प्रधानमन्त्री पुष्पकमल दाहालसँग पश्चिम पोखराको भ्रमणमा हिडेका थिए । त्यहाँ आयोजित सशस्त्रको पार्टी छाडेर लगत्तै  हेलिकप्टरबाट राजधानी उत्रिए र बिना सुरक्षा होटल सोल्टी पुगेर प्रमुख अतिथिको आसनमा बिराजमान भए ।

प्रमुख अतिथि बनेर सोल्टी पुगेका रक्षा मन्त्री त्यतिबेला जिल्लाराम परे, जब निधि प्रमुख अतिथिको सिटमा बसिसकेका थिए ।

अपमान गर्नु, यति ठूलो अपमान त नगर्नु नि । दुबै कांग्रेसी हुन् । खाँड सभापति देउवाका हनुमान हुन्, विमलेन्द्र निधि भारतका हनुमान ,यस्तै चर्चा चल्यो कार्यक्रम स्थलमा ।

भारतीय दूतावासको कार्यक्रममा भारतकै हनुमानको चल्नु स्वभाविक हो र कांग्रेस कांग्रेसलाई जुधाएर भारतीय राजदूत रंजित रेले कांग्रेसी भनेका आफ्नै कठपुतली हुन् भन्ने हिसावले नचाइदियो । खाडलाई खगारे विमलेन्द्र निधिले ।

3 Comments
  1. कांग्रेसले आफ्नो नांगो चरित्र देखाई सक्यो । ०६२/६३ मा गिरिजाले व्रिफकेश सिटौलालाई वोकाएर नेपालीको सार्वभौम रअ लाई वुझाए । ऐले देऊवाले गोवा सम्मेलनमा विदेशनीति भारतलाई वुझाए ! यस्ता पत्रूहरू नेपाल र नेपाली कांग्रेस होईनन् ! हुन् सोनीया कांग्रेस ??? कांग्रेस भन्न धिन लाग्नथाल्यो हामीलाई ????

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice