कृषिराज्यमन्त्री राधिका तमाङले यसरी गरिन आफ्नो पति दिलबहादुरको न्वारन

हुँदाहुँदा पतिको न्वारानसमेत पत्नीले गरिदिनुपर्ने दिन आयो ! श्रीमान् मन्त्रीका कारण मन्त्राणीलाई परेको सकस हो योचाहिँ ! कृषि राज्यमन्त्री राधिका तामाङले हालै मात्र त्यहाँ उनका छायामन्त्रीका रुपमा सक्रिय पति दिलबहादुरको न्वारन गरेकी छन् ।

अबको पाँच दिनपछाडि अर्थात् आगामी १७ गते ३० तारिखको दिन रोम सहरमा बायोडाइभरसिटीसम्बन्धी गोष्ठीको आयोजना हुँदैछ । ३० देखि ३ तारिखसम्म रोम सहरमा चल्ने उक्त गोष्ठीमा भाग लिन मन्त्रीसहितको एक टोली रोमको सयर गर्दैछ । उक्त गोष्ठीमा राज्यमन्त्री तामाङ, योजना महाशाखाका सहसचिव योगेन्द्रकुमार कार्की, तोयनाथ जोशी त्यता जाने पक्कापक्की भयो ।

एकबारको जुनीमा मन्त्राणीको पछाडि लागेर छायामन्त्री दिलबहादुरले पनि रोम जाने रहर देखाए । श्रीमानले देखाएको रहर श्रीमतीले पूरा गरिदिने विचार पनि गरिन् । मन्त्रालयबाट भिसा अप्लाई गर्दा रोम जाने व्यक्तिको लिस्टमा मन्त्रीको पतिको रुपमा दिलबहादुरको पनि नाम पुग्यो, दूतावासमा ।

मन्त्रालयको कर्मचारीले नाम पठाउँदा मन्त्रीको पतिको नाम दिलबहादुर तामाङ लेखेर पठाएका थिए । त्यहीअनुसार दूतावासले दिलबहादुर तामाङकै नाममा भिसामा छाप लगाएर पठाइदियो । तर, आइलाग्यो अर्को आपत । दिलबहादुरको नागरिकतामा तामाङ थगर नभएर स्याङ्तान छ । जनयुद्धमा आफ्नो पहिलो पति बितेपछि सिन्धुली घर भएका दिलबहादुर स्याङ्तानसँग राधिकाले दोस्रो विवाह गरेकी थिइन् ।

पछि दूतावासँग अनुनय विनय गरी तामाङ थरलाई सच्याएर स्याङतान नै बनाई पठाइएको कृषि मन्त्रालय स्रोतले जनाएको छ ।

One thought on “कृषिराज्यमन्त्री राधिका तमाङले यसरी गरिन आफ्नो पति दिलबहादुरको न्वारन
  1. ए छाया मन्त्र मात्र , यसो नानीकेटाकेटी पनि छ भने अझै राम्रो हुने थो

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice