एसियाकै अब्बल डाक्टर उपेन्द्रको टिप्पणी :सत्ताका लागि कांग्रेस र माओवादी नेताहरुले बाबु आमा पनि बेच्छन

वरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देवकोटाले बहुराष्ट्रियताको नारा दिल्लीले तय गरेर नेपालका पृथकतावादीलाई बोकाएर पठाएको तर्क गरेका छन । कांग्रेस र माओवादीका नेताहरु सत्ताका लागि बाबुआमा समेत बेच्न तयार रहेको कडा टिप्पणी गर्दै उनले उनले संसारबाट कम्युनिस्ट उन्मुलन गर्न खोज्ने अमेरिकाले आफ्नो स्वार्थका लागि नेपालमा भने माओवादीलाई पालेको समेत बताएका हुन ।
राष्ट्रिय जागरण अभियानले शनिवार राजधानीमा गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै डा देवकोटाले यस्तो टिप्पणी गरेका हुन ।


सो अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाली सेनाका पूर्वरथी प्रेमसिंह बस्न्यातले संघीयताको नाममा विदेशी हमला बढेको भन्दै त्यस विरुद्ध पूर्खाहरुले जस्तै संघर्षमा उत्रिने बेला आएको वताएका छन् । बस्न्यातले भक्ति थापा जस्ता पूर्खाले रगत दिएर निर्माण गरेको नेपाललाई विदेशीका पाउमा सुम्पिने प्रयास भएको टिप्पणी गरे ।

‘७० वर्षको उमेरमा भक्ति थापाजस्ता हाम्रा पूर्खाले रगत दिएर बनाएको नेपाललाई केही दलालहरुले विदेशीका पाउमा चढाउने काम गरेका छन्’ बस्न्यातले भने, ‘यहाँका मैथिली, भोजपुरी र अवधी भाषा मासेर स्थापित गरिएका हिन्दीभाषीहरु नेपाली होइनन् । हिन्दीभाषीलाई नै नेपाली भनेर नेपाल समाप्त पार्ने प्रयास भएको छ ।’

मधेसी मोर्चाका नेताहरु भारतीय भएको र उनीहरु मधेसी जनता विरोधी भएको बताँउदै उनले अहिलेको कथित मधेसी मोर्चाका नेताहरु नेपाली नभएर भारतीय भएको बताए । उनले ‘मधेसका नेपालीहरुलाई अल्पमतमा पार्न उनीहरुले भारतका लागि काम तर्क गरे ।  पृथ्वीनारायण शाहको नेतृत्वमा भएको राज्य एकीकरणलाई मान्न नसक्नेलाई नेपालमा बस्ने र नेपाली हुँ भन्ने हक नभएको पनि उनको भनाई थियो ।

‘पृथ्वीनारायण शाहले गरेको एकीकरणलाई जसले मान्न सक्दैन, त्यही देशमा बसेर नेपाली हुँ भन्ने हक उसलाई हुँदैन’ उनले भने, ‘नेपाल एकीकरणको विरोधमा रहेका साम्राज्यवादी शक्तिहरुको इसारामा पहिले पृथ्वीनरायण शाहमाथि घृणा फैलाउने र एकताको मियो भाँच्ने काम गरी आक्रमण गरिएको छ ।’ उनले पूर्खाले जस्तै देश बिखण्डन गर्न खोज्नेहरुलाई खुकुरी खूँडा लिएर लखेट्नु पर्ने वताए ।

 

9 Comments
  1. प्रचंड जनयुद्ध गर्दै गर्दा नै भारत को इशारामा नेपाल लाई अस्थिर बनाउने पात्र को भूमिका निभाउँदै थियो जस्को प्रमाण उनले भारत बाट हतियार र चाहिएको बेलामा आश्रय पाउनुले पनि स्पस्ट हुन्छ| यो जनयुद्ध पहिले ज्ञानेंद्र को इशारामा बहुदलबादी नेता हरु लाइ सखाप पारेर निर्दल फेरी फर्काउन लाइ गरिएको थियो र पछि भात र बिशेषमा रॉ को गुप्ता योजना मा नेपाल लाइ अस्थिर बनाएर हस्तक्षेप गरिराख्ने ग्रैंड डिजाईन हो र यसमा बाबूराम जस्ता भारत परस्त नेता को पनि उत्तिकै हाथ छ|
    यिनीहरुले नेपाल का होनहार १७००० निर्दोष नेपाली जनता को हत्या को दोष र नेपाल लाइ बिकाश मा दस बर्ष पछाड़ी धकेलकै हो| यसमा जहिले पनि भारत परस्त हुने र भारत को आज्ञा नाईनास्टी गर्न नसक्ने नेपाली कांग्रेस पार्टी र त्यसका लोभी लालची नेता गिरिजा र अर्का सत्तालोलुप नेता देउबा को पनि उत्तिकै दोष छ|
    अहिलेको संबिधान संसोधन तराई का जनता को माग नै थियन किनकी तराई (मधेश होइन) मा वस्ने थारू, अवधी, तेली, मैथिल , भोजपुरी , कायस्थ आदि जातका जनता आफुलाई मधेसी होइन नेपाली नै ठान्छन र एकता बढ़ भाई बस्न चाहन्छन तर केही थालु जमींदार नेताहरुको भारतको उकसाहटमा नेपालको तराईलाइ आखिरमा केहि बर्ष पछि सिक्किमलाइ जस्तै भारतमैं मिलाउने तारतम्य पूर्ण षड़यंत्र हो| नेपाल को बुद्ध जमभूमि लुम्बिनी र अरु प्राकृतिक श्रोत नदी नाला हरु सदाको लागि हत्याएर भारतबेस्ठित बनाइराख्ने षड़यंत्र मात्र हो |
    यसमा प्रचण्ड जस्ता लाल गद्दार र देउबा जस्ता देशद्रोही नेता हरु लेन्दुप दोरजी पथमा हिंडन खोजेका छन तर नेपाल देश रहेमा न यिनीहरु पालै पालो प्रम बन्न पौन्छ्न | कोही अंगीकृत भारतीय आयर फीजिमा जस्तै यिनीहरुलाई दास बनाउने छन| देउबा ले आफ्नो र श्रीमती को सम्पति बेचेर अमेरिका भागने कोशिश गर्लान र प्रचंड चाहीं छापामार लडाकूको रकम हिनामिना गरेर सुमार्गी मार्फ़त बिभिन्न टावरहरु र उद्द्योगहरुमा लगानी गरेको सम्पति लियर भारत को कुनै कुंआमा लुक्न गए पनि यिनीहरु लाइ एक न एक दिन युद्ध अपराध गरेकोमा “हेग”मा पुगेर जेल मा बस्नै पर्ने छ|
    भारतले हेग र अख्तियार को नाममा तर्शाउँदै र लोभ्याउँदैमा नेपाली जनतालाइ जातीयताको आगोमा धकेलने यिनीहरु लाइ तिनै थारू, मगर आदि जातका जनता ले ले जिउँदै जलाउन पनि कोशिश हुनसक्छ| बर्षा मान र महरा अनि निधि, बिमलेंद्रे,अमरेशे , महंते,उपेंद्रे, राजेंद्रे आदीहरुजस्ता देशद्रोहीहरुको त नामोनिशान नै रहनेछैन|

  2. द्वन्द चुनौति मात्र हैन परिक्षण र अबसर पनि हो। यो देशी बिदेशी अतिक्रमणका बिरूद्ध तीन करोड नेपालीलाँइ संगठित र गोलबन्द गर्न सकियो भने यो एक अबसर बन्ने छ।

  3. गोर्खे बिर अनि दधीराम जि का भनाइमा वास्तबिकता छ र सहमत पनि छु।

  4. मलाई उपेन्द्र देवकाेटाकाे भनाई अतेन्तै राम्राे र सपष्ट लाग्याे म सहमत छु

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice