• शुक्रबार ०३, कार्तिक २०७४

मर्ने बेलामा कलंकको टिका नलगाउने अड्डी कस्दा सांसद राजवंशी पार्टीबाटै निष्कासित

कलंकको टिका लगाउन्न,प्रचण्ड सरकारलाई साथ दिन सक्दिन भन्ने अड्डी लिँदा लक्ष्यमण राजवंशी पार्टीबाट निष्कासित
सत्ता र शक्तिको पछाडि नभई राष्ट्रियताको पक्षमा उभिँदा एकजना सांसद पार्टीबाट निष्काशित भएका छन् ।

नेपाः पार्टीका एक मात्र सांसद लक्ष्मण राजबंशीलाई सो पार्टीले निष्कासन गरेको हो । केही दिन अगाडि मात्र संसदमा पेश भएको संविधान संशोधन विपक्षमा उभिएका कारण उनलाई सो पार्टीले निष्कासन गरेको जनाएको छ ।


पाँच नम्बर प्रदेशबाट मधेस र पहाड छुट्याउने सरकारको प्रस्तावले मुलुको राष्ट्रियता नै खतरामा पर्ने भएकाले त्यसको समर्थन गर्न सकिन्न भनेर उनले केही दिन अगाडि मात्र संसदमा बोलेका थिए । यसका साथै नौं दलीय विपक्षी गठबन्धनका कार्यक्रममा समेत उनी भाग लिन पुगेका थिए ।

मर्ने बेलामा कलंकको टिका लगाउन्न, विपक्षमा मत हाल्छु हाल्छु भने हाकाहाकी अडान लिएवापत उनलाई हिजो देखि नै सो पार्टीबाट निष्काशन गरिएको वक्तव्य नेपाः पार्टीका महासचिव विजय सैंजुले जारी गरेका छन् ।

नेपाः पार्टीबाट एकजना सांसद रहेकोमा उनलाई पनि निष्काशन गरेपछि उक्त पार्टीको संसद्बाट प्रतिनिधित्व हटेको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice