उपप्रधान पाएपछि गच्छदार गदगद्,परराष्ट्रमा अड्कियो कमल थापाको ‘हलो’

दक्षिणको आर्शिवाद पाएर बनेको सरकार दक्षिणकै इशारामा छमछमी नाचिरहेको छ । यसकै पछिल्लो प्रमाण हो यो । संविधान संशोधनको पक्षमा मतदान गर्न भारतीय गुप्तचर संस्था‘रअ’ले दबाब दिएसँगै राप्रपा र फोरम लोकतान्त्रिक सहतिका अन्य साना दुई दललाई सरकारमा सहभागी गराउन प्रधानमन्त्री प्रचण्ड राजी भएका छन ।
कमल थापाको रोजाई परराष्ट्र मन्त्रालय नै परेपछि यो विषयमा काग्रेससँग कुराकानी नमिल्दा केही दिन अगाडि नै हुने भनिएको मन्त्रिपरिषद् विस्तार हुन सकेको थिएन । हाल परराष्ट्र मन्त्रालयका जिम्बेवारी कांग्रेस सभापति शेरबहादुर देउवाका विश्वाशपात्र प्रकाशशरण महतले सम्हालिरहेका छन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले युएईको चारदिने भ्रमणबाट फर्केपछि मन्त्रिपरिषद् विस्तार गर्ने भएका हुन ।
चौथो ठूलो दल राप्रपालाई उपप्रधान सहित अन्य तीन मन्त्रालय,तथा फोरम लोकतान्त्रिक उपप्रधान र सञ्चार सहितका केही मन्त्रालय दिएर मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा प्रधानमन्त्री रहेको जनाइएको छ । यो तथ्यलाई प्रचण्डको प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनाल बलदेवले स्वीकार गरेका छन ।
प्रधानमन्त्रीले राप्रपालाई अहिलेका दुई मन्त्रालय कायम राख्दै उपप्रधानमन्त्रीसहित थप तीनवटा मन्त्रालय दिने भएका छन् ।
फोरम लोकतान्त्रिकलाई पनि उपप्रधानमन्त्रीसहित दुई र साना दुई दललाई एक–एक मन्त्रालय दिने प्रधानमन्त्रीको तयारी छ । प्रमुख सत्तासाझेदार दल कांग्रेससँग मन्त्रालयका विषयमा टुंगो लागेको भए प्रधानमन्त्रीले आबुधाबी भ्रमणअघि नै राप्रपा अध्यक्ष कमल थापा, फोरम लोकतान्त्रिक अध्यक्ष गच्छदारसहित दुई साना दलका नेतालाई
मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्रीको तयारी छ । साना दलभित्रबाट अखण्ड नेपाल पार्टीका नेता कुमार खड्कालाई मन्त्री बनाउने प्रधानमन्त्रीको तयारीमा छन । त्यस्तै समाजवादी पार्टीका नेता प्रेमबहादुर सिंहलाई पनि मन्त्री बनाउने तयारी चलिरहेको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice