पिक आवरमा उद्योग चलाए कुलमानले उद्योगीहरुको बाजा बजाउने

नेपाल विद्युत प्राधिकरणले विजुलीको अत्याधिक चाप हुने समय (पिक आवर) मा उद्योग नचाउन उद्योगीहरुलाई निर्देशन दिएको छ ।
घरायसी प्रायोजनका लागि सबैभन्दा बढी विद्युत खपत हुने समय बेलुका साढे चार बजे देखी साढे आठ बजेसम्म उद्योगधन्दा तथा कलकारखानामा विजुली प्रयोग नगर्ने प्राधिकरणले निर्देशन दिएको हो ।
साँझको समयमा ग्राहस्थ (घरायसी प्रयोजनको लागि) बिजुलीको माग अत्याधिक भएकोले सो समयमा उद्योग नचलाउन प्राधिकरणले निर्देशन दिएको हो ।
नदीहरुमा जलप्रवाह कम हुदै गएकोले साँझको समयमा पावर क्राइसिस रहेको प्राधिकरणको भनाइ छ । प्राधिकरणले सबै उद्योगहरुलाई पत्राचार गरी साँझको समयमा उद्योग चलाए कारबाही गरिने चेतावनी दिएको हो ।


सर्बसाधारणलाई विद्युत दिनको लागि उद्योग बन्द गर्न निर्देशन दिइएको प्राधिकरणले जनाएको छ ।
‘नदीको जलस्तर घट्दै गइरहेको र भारतबाट आयातित सप्लाईमा बेलुकाको समयमा पावर क्राइसिस भइरहेकोले बेलुका १६ः३० बजेदेखि २०ः३० बजेसम्म ४ घण्टा पिकलोडको समयमा उद्योग संचालन नगर्नुहुन निर्देशन अनुसार जानकारी गराइन्छ ।
साथै त्यस समयमा उद्योग संचालन गरेको पाइएमा नेपाल विद्युत प्राधिकरणको नियम अनुसार कारबाही गरिने ब्यवहोरा जानकारी गराइन्छ ।’ प्राधिकरणले सवै उद्योगहरुलाई पठाएको पत्रमा उल्लेख गरिएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice