राजनीतिक भागबन्डामा बालुवाटारबाट मध्यरातमा ८० न्यायाधीशको नियुक्ति

काठमाडौं । प्रधानन्यायाधीश तथा न्यायपरिषद अध्यक्ष सुशीला कार्कीले मध्यरातमा उच्च अदालतका ८० न्यायाधीश नियुक्त गरेकी छिन् । लामो समयदेखि विवादित बन्दै आएको न्यायाधीश नियुक्तिलाई राजनीतिक भागवन्डाका आधारमा कार्कीले नियुक्त गरेको न्यायपरिषद स्रोतले बताएको छ ।

सात पटक न्यायपरिषदको बैठक बस्दा पनि उच्च अदालतमा न्यायाधीश नियुक्ति हुन सकेको थिएन । न्यायपरिषदका सदस्यहरुबीच मत बाझिदाँ न्यायाधीश नियुक्ति प्रक्रिया रोकिदै आएको थियो । तर विहीबार राति ११ बजे कार्कीले आफ्नै सरकारी निवास बालुवाटारमा न्यायपरिषदको बैठक बसालिन् । ‘मलाई १० बजे बोलाइएको थियो तर बैठक ११ बजेदेखि बसेको हो’ सर्वाेच्च अदालतका मुख्यतम न्यायाधीश तथा न्यायपरिषद सदस्य बैद्यनाथ उपाध्यायले भने ।

बैठक सुरु हुनसाथ अध्यक्ष कार्कीले शुक्रबारदेखि न्यायापरिषदका सदस्य तथा सर्वाेच्च अदालतका मुख्यतम न्यायाधीश बैद्यनाथ उपाध्यायले अवकास पाउन लागेकोले आजै न्यायाधीश नियुक्तिको निर्णय गर्नु पर्ने बताइन । ‘भोलीदेखि बैद्यनाथ श्रीमानले अवकास पाउँदै हुनुहुन्छ, न्यायपरिषदको अर्काे सदस्य नियुक्त नहुँदसम्म प्रक्रिया रोकिन्छ’ कार्कीले भनिन् ‘यो बिषयमा आजै निर्णय गरौ ।’

त्यसपछि कार्कीले न्यायाधीश हुनेहरुको नामवली बैठकमा पेश गरिन । उनले बैठकमै दलहरुको सुझावका आधारमा यी नाम तय गरेको बताएकी थिइन । स्रोतका अनुसार राजनीतिक दलले पठाएका नामहरु नै कार्कीले न्यायपरिषद बैठकमा राखेकी थिइन । कार्कीले नाम प्रस्ताव गरे लगतै न्यायाधीश तथा न्यायपरिषदका सदस्य बैद्यनाथ उपाध्यायले आपत्ति जनाए । ‘म लगायत केही न्यायपरिषदका सदस्य सन्तुष्ट हुन सकेनौ’ उपाध्यायले भने ‘राजनीतिक दलको सिफारिसमा आएका नाममा मेरो सहमति रहेन र विरोध गरेँ ।’

न्यायपरिषद अध्यक्ष कार्कीले सवैलाई सन्तुष्ट पार्न नसकेपछि बहुमतका आधारमा निर्णय गराउन खोजिन । कार्कीका पक्षमा बहुमत जुट्यो । तर बैद्यनाथ उपाध्याय र कानुनमन्त्री अजय शंकर नायक भने विपक्षमा उभिए । बहुमतबाट निर्णय गराउन खोजेपछि उपाध्याय र कानुनमन्त्री नायक बैठकबाटै राति बाहिएको स्रोतले बताएको छ ।

उच्च अदालतका ८० न्यायाधीशको नाम बहुमतका आधारमा तय भएपनि नामावली भने अझै गोप्य राखिएको छ । राजनीतिक दलको सिफारिसमा न्यायाधीश नियुक्ति भएपछि नामावली गोप्य राखिएको न्यायपरिषदका एक असन्तुष्ट सदस्यले बताए ।

 

बिशिष्ट कर्मचारी

राजेन्द्र सुवेदी
कृष्ण गिरी
श्रीकान्त पौडेल
महेश शर्मा पौडेल
टेक प्रसाद ढुंगाना

जिल्ला न्यायाधीश र न्याय/कानुन कर्मचारीवाट 

बालेन्द्र रुपाखेती
अजय राज उपाध्याय
बिनोद मोहन भट्टराई
भोलानाथ चौलागाई
अच्युच बिष्ट
यज्ञराज भट्ट
शेखर पौडेल
बालचन्द्र शर्मा
इश्वर आचार्य
राम प्रसाद अधिकारी
गोपाल भट्टराई
राम प्रसाद ओली
जगत प्रसाद श्रेष्ठ
नारायण प्रसाद श्रेष्ठ
नारायण पोखरेल
भोजराज अधिकारी
रमेश कुमार खत्री
दयानाथ खरेल
शेरचन्द्र अर्याल
शालीकराम कोइराला
बिष्णु प्रसाद कोइराला
लक्ष्मीकृष्ण श्रेष्ठ
कृष्णकमल अधीकारी
चिन्तामणि बराल
अनन्त  प्रसाद डुम्रे
राजेन्द्र प्रसाद खरेल
ठाकुर प्रसाद शर्मा पौडेल
हरि प्रताप
कृष्ण ब थापा
अच्युत कृष्ण भण्डारी
ऋषि अधिकारी
बलभद्र बास्तोला
टकनारायण कुँवर
चन्द्र बहादुर सारु
धीर बहादुर चन्द
लेखनाथ पौडेल
बिपुल न्यौपाने
नातीबावु लामिछाने
डा. रवि शर्मा अर्याल
साधुराकम सापकोटा

कानुन व्यवसायी

गणेश प्रसाद बराल
सीताराम मण्डल
सुदर्शन देव भट्ट
सुवास पौडेल
जनक पाण्डे
बामदेव ज्ञवाली
श्यामजी प्रधान
गोकर्ण डाँगी
बासुदेव आचार्य
सुशीप्रसाद थारु
मुनेन्द्र प्रसाद अवस्थी
मदन पोखरेल
श्याम प्रसाद सापकोटा
ध्रुव राजनन्द
दुर्गा बहादुर विश्वकर्मा
टंक प्रसाद गुरुङ
हरि प्रसाद पौडेल
रोकेश कुमार निधि
तेज नारायण सिंहराई
बविता उप्रती
राम बहादुर थापा
शकुन्तला घिमिरे
नसुरल्लाह अन्सारी
दीपेन्द्र बहादुर बम
राज्यलक्ष्मी बज्राचार्य

One thought on “राजनीतिक भागबन्डामा बालुवाटारबाट मध्यरातमा ८० न्यायाधीशको नियुक्ति
  1. Bodhi bidhan anusar kunai pani kam nagarne lai jiudai gadnu parxa, Janata haru hoshiyar,sabai kura netako varparda desh barbad hudaixa, voli Nepal ko barema sochnu parne Bela aayeko xa, volika dinma fijikarn nahos Janata hoshiyar

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice