चौध लाखको रोलेक्स घडी काण्डमा मुख खोले प्रवलले

अन्ततः १४ लाखको घडीकाण्ड बारे पूर्व प्रधानसेनापतिका पुत्र प्रबल गुरुङले मुख खोलेका छन । उनले आफ्नो हराएको १४ लाखको रोलेक्स घडीसँग जोडेर सांसद रामहरी खतिवडाका सन्दर्भमा प्रकाशित समाचारप्रति दुख व्यक्त गरेका छन् । उनले भ्रामक समाचारका कारण खतिवडालाई पर्न गएको चोट प्रति दुख समेत व्यक्त समेत गरेका छन् । बिहिबार एक विज्ञप्ती जारी गर्दै गुरुङ्ले भ्रमको पछि नलाग्न पनि सबैसँग आग्रह गरेका छन् ।

 

 

‘माननीय खतिवडा ज्युको आत्मसम्मान तथा सामाजिक प्रतिष्ठामा पर्न गएको चोटप्रति दुख व्यक्त गर्दै सकारात्मक सहयोगका लागि सबैमा सादर अनुरोध गर्दछु,’ उनले जारी गरेको विज्ञप्तिमा धनेका छन । खतिवडाले भने आफ्नो चरित्र हत्या गर्ने उद्धेश्यले आफ्नो ट्रयाकको गोजीमा घडी राखिएको भन्दै छानविनको माग गरिरहेका छन् ।
सम्पत्तिको स्रोतको समेत खोजी भइरहेको समयमा गुरुङले सो घडी सम्धी भेटका क्रममा भाटभटेनी सुपरमार्केटका मालिक एवं आफ्ना ससुरा मिनबहादुर गुरुङले आफ्ना पिता पूर्व प्रधानसेनापति छत्रमानसिंह गुरुङलाई उपहार दिएको पनि जनाएका छन् ।

One thought on “चौध लाखको रोलेक्स घडी काण्डमा मुख खोले प्रवलले
  1. १४लाखको घडि को मिडिया गजबले अायो तर यति महँगो घडि तपाईका कहाँ बाट अायो कतै दाईजो त होईन।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice