bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2017/01/39606 ) ) )

मैले गाँजा खाएर यसो भनेको थिइन नि !

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले   संघीयता नेपालका नेताहरुका लागि घाँटीमा अड्किएको हड्डी जस्तो भएको र त्यो निल्नु न ओकल्नु भएको टिप्पणी गरेका छन ।

उनले संघीयता नेपालको लागि गलपासो बनेको कुरा आफूले पटक–पटक उठाउँदै आएको स्मरण गर्दै ‘संघीयता नेपालको लागि गलपासो हो, मैले त पहिलेदेखि नै भन्दै आएको छु नि, मैले गाँजा खाएर यसो भनेको थिईन नि।’

फरक प्रंसगमा केसीले प्रचण्ड नेतृत्वको सरकारले  सरकारले चुनाव गराउनै नचाहेको आरोप लगाएका छन । उनले भने,‘चुनाव हुँदैन्, यो सरकारले हल्लामात्रै चलाएको हो।’ केसीले प्रश्न गरे,‘कहाँबाट हुन्छ चुनाव ?’

उनले शुरुमा सरकारले चैत्र वा बैशाखभित्र चुनाव गराउने दाबी गरेको भएपनि त्यो सम्भावना टरेपछि अब जेठको रटान लगाउन थालेको आरोप लगाए । अध्यक्ष केसीले थपे,‘अब हेर्दै जानुहोस यीनले माघ लागेपछि सक्दैनौं भन्छन्।’
उनले १९ वर्षसम्म स्थानीय निकायको चुनाव हुन नसक्नुपनि संघीयताको भुतले गर्दा भएको आरोप लगाए ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice