उपाधि भन्दा काम गरेर देखाउः नायक केसी

कृष्णप्रसाद न्यौपाने

कार्यक्रममा सहभागि हुन दाङ पुगेका नायक भुवन केसीले नेपाली चलचित्रमा उपाधिको भन्दा कामको बढि महत्व रहेको बताएका छन् । चलचित्र पत्रकार संघ दाङले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै केसीले आफू नेपाली चलचित्र क्षेत्रमा निरन्तर लागि रहने बताए ।

‘मेरा बुवाआमाको सपना छोरो आर्मी बनोस भन्ने थियो तर मेरा नशानशामा चलचित्र थियो त्यसैले म चलचित्र क्षेत्रलाई छोड्न सक्दैन’ उनले भने । महानायक, सुपरस्टारको उपाधि भन्दा कामको उपाधि खोज्न जरुरी रहेको उनले बताए । देशलाई सकारात्मक परिवर्तनको बाटो तिर लानको लागि चलचित्र क्षेत्रबाट ठुलो भुमिका निर्वाह गर्न सकिन्छ ।

दर्शकलाई मनोरञ्जनात्मक ढंगले सकारात्मक बाटो देखाउनु चलचित्र कर्मीको कार्य हो । समय परिस्थिति अनुसार दर्शकको माग वमोजिम फिल्ममा योगदान दिने उनको भनाई छ । उपाधि भिरेर हिड्नु भन्दा कार्य गरेर देखाउन कठिन र चुनौतिपुर्ण हुन्छ । त्यस्ता उपाधिका विल्ला भरेकाहरु सबैले दर्शकको रुचि र चाहना अनुसार फिल्म बनाउने र बनाउन महत्वपुर्ण भुमिका खेले उत्कृष्ट फिल्महरु निर्माण गर्न सक्ने केसीले बताए ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice