सवारी ऐन परिमार्जन गरीए सडक आन्दोलन हुन्छ ः मजदुर नेता राई

सुरेश श्रेष्ठ
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रिय महासचिब भीमज्वाला राईले सवारी ऐन २०४९ लाई परिमार्जन गरिए सडक आन्दोलन हुने बताएका छन् । नयाँ सवारी सार्वजनिक ऐन बनाएर यातायात मजदुरहरुलाई सवारी दुर्घटना भएमा हत्यारा सावित गर्ने र २० वर्ष सम्मको कैद गर्ने जस्ता गम्भिर प्रकृतिको कानुन बनाउन लागेको प्रति गम्भीर आपत्ति जनाएका छन् ।

उनले विहान देखी राती सम्म गाडी चलाएर आफ्नो दैनिक जिवन गुजारा गरेका यातायात मजदुरहरुको ढाड सेक्ने गरी सरकाले कानुन ल्याउन लागेको भन्दै अव त्यसको विरुद्धमा सम्पुर्ण यातायात मजदुरहरु एक जुट हुनुपर्ने बताएका छन् ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन जिल्ला कमिटि दाङ र अञ्चल कमिटि राप्तीको सयुक्त आयोजनामा दाङको तुलसीपुरको नयाँ बसपार्कमा आयोजना गरीएको यातायात मजदुरहरु विरुद्ध बन्दै गरेको कानुनका विरुद्ध खवरदारी सभालाई सम्वोधन गदै उपाध्यक्ष अर्यालले यस्तो बताएका हुन् । सवारी दुर्घटना हुनु चालकको मात्र कमजोरी नभई राज्य पक्ष पनि उत्तिकै जिम्मेवार बन्नुपर्ने उनको धारण थियो ।

‘नेपालको भगौलिक विकटता अनुसार सडकबाटो साघुरो हुनु, सडकको विचविचमा खाल्टाखुल्टी र जिर्ण बन्दै जानु, नागरिकले गाडीलाई साईड दिनुको साटो सवारी साधनले नागरिकलाई साईड दिनुपर्ने अवस्था सृजना हुने लगाएतका विविध कारणले दुर्घटना हुन्छ के यसमा चालकको मात्र कमजोर हो ?’ उनले प्रश्न गर्दै भने ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice