bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2017/01/39587 ) ) )

जनार्दन शर्माले छाडेको कुर्सीमा हरिबोल गजुरेलको कर्के नजर

अन्तराष्ट्रिय मान्यताको खिल्ली उडाँउदै नेकपा माओवादीले सार्वजनिक लेखा समितीको सभापति पदमा दावा गरेसँगै एमाले र माओवादीबीचको दुरी अझै बढेको छ ।अन्तराष्ट्रिय मान्यता र परम्परा अनुसार सार्वजानिक लेखा समिति  प्रतिपक्षी दलले लिने चलन छ । सो मान्यताका बर्खिलाप हुने गरी माओवादीले पूर्व कृषिमन्त्री हरिबोल गजुरेललाई अगाडि सारेसँगै हिजै नियुक्त हुने भनिएको समितिको सभापतिको चयन हुन नसकेको स्रोतले जनाएको छ ।

जनार्दन शर्मा मन्त्री भएसँगै खाली रहेको लेखा समितिको अध्यक्ष पद पडकाउन माओवादी र एमालेबीच हानथाप मच्चिएको छ । मिनि संसद भित्रको सबैभन्दा आकर्षक सभापति पद मानिने यो पद हत्याउन माओवादी र एमालेले आ आफ्नो तर्फबाट उम्मेद्धार खडा गरेको छ । माओवादीको तर्फबाट यो पदका आकाक्षी पूर्व कृषिमन्त्री हरिबोल गजुरेल देखिएका छन भने एमालेका तर्फबाट सांसद पशुपति चौलागाईले आकाक्षा राखेका छन ।

एमालेले लेखा समिति प्रतिपक्षीले लिने अन्तराष्ट्रिय मान्यता अनुसार आफुले पाउनु पर्ने बताउँदै आएको छ । उता, माओवादी केन्द्रले भने आफ्नो भागमा परेको समिति कुनै हालतमा पनि नछोड्ने अड्डी कस्दै आएको छ । यदि एमालेले सो समितिमा दावा गर्ने हो भने एमालेले आफ्नो भागको रहेको अर्को समिति छोड्नुपर्ने सर्त तेर्साएको छ ।
एमाले प्रमुख सचेतक भानुभक्त ढकाल भन्छन ‘हिजो प्रतिपक्षी हुँदा माओवादीलाई दिएकै हो, अहिले हामी प्रतिपक्षमा छौं, भोली सत्ता पक्ष भयौं भने छोड्न तयार छौं तर अहिले हामीलाई नै सभापति दिनुपर्छ ।’

अहिले संसद मातहतका संबिधान कार्यान्वयन र अनुगमन समिति, महाअभियोग सिफारिस समिति र लेखा समितिका सभापति पद रिक्त छन ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice