संबिधान कार्यान्वयनको ढोका खुलीसक्यो ः सभामुख घर्ती

सभामुख ओन्सरी घर्तीले कार्यान्वयनका क्रममा केही समयसम्म अन्यौल रहेको संबिधान अब अगाढी बढि सकेको बताएकी छन् । दलहरुबीचको मत भिन्नताका कारण केही समय सम्म अन्यौलपूर्ण अबस्थामा रहेको संबिधान अब कार्यान्वयनका क्रममा अगाढी बढेको उनले बताईन् ।

दाङको बिजौरीमा बिहीबार असाह्य बालबिकास नेपालको भवन उद्घाटन कार्यक्रममा उनले संबिधान कार्यान्वयन अगाढी बढे सँगै देशले सम्बृद्धीको बाटो लिन शुरु गरेको बताईन ।

उनले अब राजनीतिक अन्यौलतको अन्त्य हुने र देश आर्थिक सम्बृद्धिको बाटो तिर जाने विश्वास व्यक्त गरिन् । अब कुनैपनि नागरिकले खान नपाएर मर्नु पर्ने अबस्था नहुने सभामुख घर्तीको भनाई छ ।

‘मुलुकको सम्बृद्धि सँगै नागरिकले खान, बस्न, स्वास्थ्य उपचार लगायतबाट बञ्चित हुने छैन्न’ उनको दाबी छ । संबिधानमा समेत मौलीक हकको रुपमा स्पष्ट ब्यबस्था गरि सकेकोले बाँच्न पाउने अधिकारबाट बञ्चित हुने अबस्था नै नआउने उनको तर्क छ । संस्थाका निर्देशक बिष्णु चौधरीको अध्यक्षतामा उद्घाटन गरिएको कार्यक्रमको सहजीकरण लोकराज पराजुलीले गरेका थिए ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice