प्रेस जगत लोकतन्त्र र सुशासनको आधारस्तम्भ होः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपलको शान्ति प्रक्रिया र संविधान निर्माणमा प्रेस जगतको महत्वपूर्ण भुमिका रहेको भन्दै प्रेस जगत लोकतन्त्र र सुशासनको आधारस्तम्भ भएको बताएका छन् ।

‘नेपालको राजनीतिक संक्रमणको अन्त्यतिर आईपुगेको छौ’ उनले भने । प्रेस काउन्सिलका प्रतितिधिहरुसँगको भेटघाटमा उनले यस्तो बताएका हुन् ।

उनले भने ‘प्रेसको सकारात्मक भुमिका नभएको भए मौलिक ढंगबाट शान्ति र संविधानको प्रक्रिया सफलतामा पुग्न सम्भव थिएन ।’ २१ शताब्दी सूचना प्रविधिको युग भएको भन्दै उनले यसलाई विश्वसम्म संगठित गरेर अगाडि बढ्ने प्रयास गरेको भन्दै प्रशंशा समेत गरे ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice