सुन तस्करीमा संलग्न भन्सार अधिकृत पक्राउ

सुन तस्करीमा संलग्न भन्सारका दुईजना कर्मचारी पक्राउ परेका छन् । उनिहरुलाई सुन तस्करीको सेटिङ मिलाएको आरोपमा पक्राउ गरिएको हो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईवीले पक्राउ गरेका तस्कर, भरिया र तस्करीको सुन नेपालमा बाँडफाँड गर्ने व्यक्तिको बयानको आधारमा सीसी टिभीको फुटेजमा संलग्नता भएको देखिएपछि भन्सारका अधिकृत श्रीनारायण यादव र राजकुमार ढकाललाई पक्राउ गरेको हो ।

पक्राउ परेका ढकाल र यादव सुन तस्करीको सेटिङ गर्ने मुख्य व्यक्ति भएको प्रहरीले बताएको छ । सुन बोक्ने भरिया, सुन रिसिभ गर्ने व्यक्ति, सुन कसलाई कतिदिने भनेर भाग लगाउने व्यक्ति पनि पक्राउ परीसकेको उच्च स्रोतले बतायो ।

स्रोतका अनुुसार ‘सेटिङ मिलाउने अधिकारी पक्राउ परे, सुन कसको भन्ने पनि खुलिसक्यो तर उनिहरु प्क्राउ पर्न बाँकी रहेकोले गोप्य राखिएको छ । त्यो पनि छिटै सार्वजनिक हुने सम्भावना छ ।’

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice