bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2017/01/39561 ) ) )

नेपाली कामदार ठग्ने अबैध संस्थाको रकममा प्रभु साह अष्ट्रेलिया भ्रमणमा

काठमाडौं । ब्यवस्थापिका संसद अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिका सभापति प्रभु साह एक गैरकानुनीरुपमा सञ्चालित संस्थाको खर्चमा अष्ट्रेलिया पुगेका छन् । नेपाल सरकारसँग अनुमति नै नलिई गैरकानुनीरुपमा सञ्चालन भएको ‘माइग्राम’ नामक संस्थाको खर्चमा साह अष्ट्रेलिया पुगेको स्रोतले बताएको छ ।

मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परिक्षण गर्नुपूर्व अनिवार्य नाम दर्ता गर्नु पर्ने बाध्यात्मक अबस्था शिर्जना गरी माइग्राम नामक संस्थाले प्रतिकामदार ३ हजार २ सय असुल्दै आएको छ । मलेसिया र नेपाल सरकारको अनुमति विना मे १ देखि सञ्चाल भएको माइग्रामको रकममा साह अष्ट्रेलिया पुगेका छन् ।

नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका साह केही समय पहिले माइग्रामलाई कारवाही गर्ने पक्ष थिए । ब्यवस्थापिका संसद अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिमा कारवाहीका लागि छलफल समेत गराएका थिए । आफैले कारवाही प्रस्ताव गरेको संस्थाको रकममा साह सपरिवार अष्ट्रेलिया भ्रमणमा पुगेका छन् ।

मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण शुल्क २ हजार ६ सयबाट बढाएर ४ हजार ५ सय बनाउने विवादित कम्पनी बेस्टिनेड डीएचडी आइएनएटी नामक संस्थाले नेपालमा माइग्रामको स्थापना गरेको छ । नेपाल सरकारसँग अनुमति नै नलिई सञ्चालमा आएको माइग्रामले हुन्डी मार्फत मलेसियामा रकम पठाउँदै आएको छ ।

मलेसिया जाने कामदारलाई आर्थिक भार थोपर्ने र नेपाल सरकारलाई राजश्व नर्तिने माइग्रामलाई कारवाही गर्न ब्यवसायीहरुले निरन्तर माग गरिरहेका छन् । तर कारवाहीको सिफारिस गर्ने श्रम समितिका सभापति माइग्रामकै रकममा विदेश पुगेका छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice