सुशील ज्ञवालीको प्रतिक्रिया ‘आश्चर्य लागेको छ,कानुनी उपचार खोज्नेछु ’

 

आफूलाई ५ बर्षको लागि नियुक्ति दिइएको र इमान्दारपूर्वक सक्दो प्रयास गर्दा पनि काम नगरेको आरोप लगाएर बीचमै अन्यायपूर्ण ढंगबाट हटाइएको आरोप लगाउदै पुनर्निर्माण प्राधिकरणका प्रमुख अधिकृत सशील ज्ञवालीले कानुनी उपचार खोज्ने बताएका छन ।

‘भूकम्पबाट प्रभावित संरचनाहरुको पुनर्निर्माण सम्बन्धी ऐन, २०७२ बमोजिम प्राधिकरणको कार्यकाल ५ वर्ष रहेको र प्रमुख कार्यकारी अधिकृतको पदमा ज्ञवालीलाई २०७२ साल पुस १० गतेको मन्त्रिपरिषद्को बैठकबाट उक्त ऐनको दफा ११ बमोजिम ५ वर्षका लागि नियुक्ति गरेको थियो ।
पुननिर्माण र पुनस्र्थापनाका कार्यलाई दु्रत गतिमा अघि बढाई भूकम्प पीडित जनतालाई न्याय गर्नका लागि समेत मन्त्रिपरिषद्बाट २०७३ साल पुस २७ गते भएको उक्त अन्यायपूर्ण निर्णय उपर कानूनी उपचार खोज्नु पर्ने अवस्था सिर्जना भएको ज्ञवालीले जनाएका छन ।

‘२०७२ पुस १२ गतेदेखि अहोरात्र खटिई निजी आवास, शैक्षिक संस्था, पुरातात्विक सम्पदाहरु, स्वास्थ्य संस्था, सार्वजनिक संरचना, एवं जीविकोपार्जन लगायतका पुननिर्माण एवं पुनस्र्थापना सम्बन्धी कार्यहरु द्रुत गतिमा भइरहेको, भूकम्प गएको आठ महिना पश्चात् मात्र गठन भएको प्राधिकरणले विभिन्न जटिलता एवं प्रतिकूलताहरुका बाबजुद प्राधिकरणले पुननिर्माण सम्बन्धी कार्यलाई योजनाबद्ध रुपमा अघि बढाउँदै सन्तोषजनक र उत्साहपूर्ण उपलब्धीहरु हासिल गरिरहेको कुरालाई अन्तराष्ट्रिय समुदायले समेत प्रंशसा गरिरहेका छन । ज्ञवालीले आफ्नो कार्यबारे जानकारी दिदै भनेका छन ।

‘त्यसमा गम्भीर छलफल गरी पुननिर्माण तथा पुनस्र्थापना सम्बन्धी कार्यहरुलाई अघि बढाउनु पर्नेमा प्रमुख कार्यकारी पदबाट हटाउने गरी निर्णय खेदपूर्ण छ ।

पूर्व निर्धारित कार्यक्रम र योजना अनुसार भूकम्प पीडित भई अनुदान प्राप्त गर्ने छनौट सूचीमा परेका ६ लाख २६ हजार ३६ घरधनीहरु मध्ये पुस २७ गतेसम्म ५ लाख ४७ हजार २ सय २९ घरधनीसँग अनुदान सम्झौता भई ४ लाख ७३ हजार ५ सय ५५ घरधनीको बैंक खातामा पहिलो किस्ताको अनुदान रकम जम्मा भइसकेको पनि उनले जनाएका छन ।

यस्तै अत्याधिक संख्यामा घरहरुको पुननिर्माण सुरु भई ६२ हजार ६ सय ३६ निजी आवास पुननिर्माण भएको विवरण प्राधिकरणको सूचना प्रणालीमा प्राप्त भइसकेको, ७९ हजार ३ सय २२ वटा गुनासाहरु पुनरावलोकन भइसकेको र ठूलो मात्रामा क्षतिग्रस्त संरचनाहरुको पुननिर्माणको नतिजाहरु एकपछि अर्कै गर्दै आइरहेको पनि उनको दाबी छ ।

यस्तो बेलामा सरकारले आफूलाई प्राधिकरणको प्रमुख कार्यकारी पदबाट हटाएको भन्ने जानकारी प्राप्त भएकोमा आश्चर्य लागेको उनले बताएका छन ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice