क्याविनेट बैठक चलिरहँदा विरक्तिएर देवघाटतिर हिडे यी मन्त्री

मन्त्री पनि विरक्तिएर देवघाट तिर,झट्ट सुन्दा पत्यार लाग्दैन । तर यस्तै दृश्य देखा पर्यो हिजो ।हिजो बिहान क्याविनेट बैठक चल्दै गर्दा एक जना मन्त्री विरक्तिएर उक्त बैठक नै छोडेर हिडेका छन । नियमित रुपमा बिहिवार बस्दै आएको क्याविनेट बैठक हिजो बुधवारलाई राखिएको थियो । सो बैठक राख्नुको उदेश्य थियो कांग्रेस निकटका डा गोविन्द पोखरेललाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख बनाउनु ।

क्याविनेट बैंठकमा यस्तै विषयमा छलफल चलिरहँदा नुवाकोटे मन्त्री अर्जुननरसिंह केसी पृथ्वीजयन्ती मनाउन भन्दै मन्त्रिपरिषद् बैठक छाडेर हिँडेको खबर बाहिरिएको छ । उनी यसरी मन्त्रिपरिषद्को बैठक नै छाडेर हिड्नुको कारण के थियो त ? उनी निकट स्रोतका अनुसार,पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउन तथा सार्वजानिक विदा दिन केसीले पटक पटक प्रधानमन्त्री प्रचण्डसँग आग्ह गरेका थिए । सो कुरा केसी आफैंले पनि स्वीकारेका छन । उनले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै तीन पटकसम्म आफूले पृथ्वी जयन्तीमा सार्वजानिक विदा दिन माग गरेको तर प्रधानमन्त्रीले एक कानले सुनेर अर्काे कानले उडाइदिएको बताउदै आएका छन ।
उनै केसी हिजो बुधबार परेको पृथ्वी जयन्ती मनाउन सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक चलिरहेको बेला केसी पृथ्वीजयन्ती मनाउन भन्दै गृहजिल्ला नुवाकोट पुगेका छन । नुवाकोटको देविघाटमा रहेको पृथ्वीनारायण शाहको शालिकस्थलमा आयोजित कार्यक्रममा सहभागि हुन नुवाकोट पुगेका हुन । केसी गणतन्त्र आएपछि पनि वर्षेनी पृथ्वीजयन्ती मनाउन देवघाट पुग्ने गरेका छन ।
प्रचण्ड नेतृत्वको सरकारका शहरी विकासमन्त्री रहेका केसी कहिले घरमै प्रहरीको सलामी खाएर त कहिले क्याविनेट बैठक चलिरहँदा हातमा सुर्ती थुकेर फालेको कारण चर्चामा छन ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice