bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2017/01/39532 ) ) )

पृथ्वी जयन्तीमा विदा दिन मैले तीन पटक प्रस्ताव गरेँ, प्रधानमन्त्रीले सुनेनन्’

काठमाडौं । पृथ्वी जयन्तीमा सार्वजनिक विदा नदिने सरकारी निर्णयप्रति सरकारकै एक मन्त्री असन्तुष्ट बनेका छन् । बुधबार बसेको मन्त्रीपरिषदको बैठकमा सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले पृथ्वी जयन्तीमा विदा दिने निर्णय नगरेर सरकारले गल्ति गरेको बताए ।
‘ विश्वका धेरै मुलुकमा जस्तोसुकै तानाशाह भएको भए पनि उसले राष्ट्रिय एकीकरणमा भूमिका निर्वाह गरेको छ भने त्यसलाई सम्मान दिने प्रचलन छ’ बैठकमा मन्त्री केसीले भने ‘तर हामीले पृथ्वीनारायण शाहलाई भुल्यौ ।’ उनले बैठकमा लगातार यही बिषय उठाइरहे । तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री विमलेन्द्र निधिले उनको कुरै सुन्न चाहेनन् ।
बैठकपछि प्रतिक्रिया दिँदै मन्त्री केसीले भने ‘तीन पटक प्रस्ताव गरेँ, मलाई माफ गर्नुहोला सार्वजनिक विदा दिने निर्णय गराउन सकिँन ।’ सरकारले आधुनिक नेपाल निर्माणमा पृथ्वीनारायण शाहको भूमिकालाई भुलेको आरोप समेत लगाए । ‘पृथ्वी जयन्ती भन्दा पनि एकता दिवसका रुपमा मनाउनु पर्छ भन्ने मेरो मान्यता थियो’ केसीले भने ।

One thought on “पृथ्वी जयन्तीमा विदा दिन मैले तीन पटक प्रस्ताव गरेँ, प्रधानमन्त्रीले सुनेनन्’
  1. कांग्रेसलाइ नेपाली जनताले सवैभन्दा ठूलाे पार्टी वनाएकाे छ । कांग्रेसीहरू जनताले दिएकाे अाैकातलाइ सम्हाल्न नसकेर पदकाे लाक्षी वन्दै अाफ्नाे पार्टीका हजाराै कार्यकर्ताकाे हत्याराहरूकाे नाइकेलाइ सरकार प्रमुख वनाएर उसैकाे पछि लुसुलसु हिडदा सामाजिक सन्जालमा कांग्रेसका वरिष्ठ नेता तथा वरिष्ठ मन्त्रीकाे याे लाचार अभिव्यक्तीले साच्चिकै कांग्रेसकाे साख कता गइरहेकाे छ भन्ने प्रश्न उव्जाएकाे छ । हिजाे ढाडमा टेकेर कांग्रेसकाे टाउकाेमा हान्ने रणानिति अख्तियार गरेकाे माअाेवादालाइ अन्धाे भएर टाउकाेमा नचाइ रहेकाे कांग्रेसले चत्ने समय कहिले अाउने हाेला । यस्तै लाचार अिभव्यिक्ति दिदै मन्त्री खाइर् रहने िक मन्त्री ज्यू ? कांग्रेसलाइ माअाेवादीकाे चंगुलवाट मुक्त गराइ नेतृत्व कांग्रेसले गर्ने? फेरी अर्काे प्रसंगः के सभापित देउवालाइ माअाेवादीले प्रधानमन्त्री वन्न समर्थन गर्ला ? हिजाे अाेलीलाइ जस्तै कांग्रेसलाइ पनि प्रचण्डले धाेका नदेला भन्ने अाधार के ? माअाेवादीकाे पिछलग्गु वन्दै गर्दा कांग्रेसकाे जनताकाे विचमा साख गिर्दै गएकाे हेक्का त छ हाेला मन्त्री ज्यूहरूलाइ?

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice