पुनर्निर्माण प्राधिकरणमा सुशील बर्खास्त, फर्कियो गोविन्द पोखरेलको ‘पासा’

अन्ततः काग्रेसको प्रतिष्ठाको विषय बनेका प्रा डा गोविन्द पोखरेललाई पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतमा सरकारले नियुक्त गरेको छ ।

कांग्रेसको १३ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेद्धार बनेर पराजय बेहोरेका पोखरेललाई नै पुन अध्यक्ष बनाउन कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई चर्काे दबाब दिएको थियो । सोही दबाबका कारण नियमित रुपमा बिहिवार बस्ने मन्त्रिपरिषद्को बैठक बुधकारका लागि सारेर पोखरेललाई प्राधिकरणको प्रमुख बनाइएको छ ।

सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीलाई हटाएको छ । ज्ञवालीलाई हटाउँदै सरकारले गोविन्द पोखरेललाई नयाँ सीईओमा नियुक्त गरेको छ । दुईपटक लिइएको स्पष्टिकरण चित्तबुझ्दो नभएको भन्दै ज्ञवालीलाई अवकास दिइएको हो ।

सरकार फेरिएसँगै सीईओ हटाउन सत्तारुढ कांग्रेसको दबाब चर्को थियो । कांग्रेस निकट पोखरेल यसअघि पनि प्राधिकरणको सीईओ भएका थिए । तर, समयमै ऐन नबन्दा प्राधिकरणले काम सुरु नगरी उनी स्वतः हटेका थिए । पोखरेल राष्ट्रिय योजना आयोगको उपाध्यक्ष र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक भइसकेका छन् ।

यता,सरकारले हटाएका सुशील ज्ञवालीले भने न्यायको खोजीमा अदालतको ढोका ढकढकाउने तयारी गरेका छन ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice